नयाँ तृष्णा

(जैतुन छाँया सिजन–३ एपिसोड–२) आयोजित कार्यक्रमको जानकार गर्दै पत्रकार सम्मेलन

Advertisement

२४ असार, झापा । बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) हुन लागेको कार्यक्रम जानकारी गराउदै पत्रकार सम्मेलन गरेका छन् । आज बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन् ।

असोज ३ गते विर्तामोडमा रहेको वानस्टप महलको पछाडी रहेको कृष्ण हलमा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) बृहतरुपमा हुने छन् । सो कन्सर्टका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित एडिटिएस ब्याण्ड आउने छन। जसमा गायन, जीवन गवाही र बाइबलिय शिक्षा पनि दिइने कार्यक्रम रहेको छ।

बिर्तामोड ईसाई समाजका अध्यक्ष पास्टर नरेन राईले मन्तव्यको क्रममा भने संगीत परमेश्वरलाई मन पर्ने कुरा हो।बाइबल भरि संगीत रहेको र संगीतद्वारा परमेश्वरको महिमा गर्नु पर्छ।

यस्तै झापा जिल्ला ईसाई समाजका सचिव पास्टर राजु चाम्लिङले भने जवानहरुले जुन कदम उठाउनु भयो। यो सह्रानीय छ। यो सांगीतिक कार्यक्रम सुचनामुलक, जानकारीमुलक मात्र नभई सुसमाचार मुलक बनोस् । यो कार्यक्रम सांगीतिक माहोल बनोस्।

एनसिएफ कोशी प्रदेश अध्यक्ष पास्टर गंगा बहादुर आले मगरले भने जवानले एउटा असल र जटिल कामको थालनी गर्नु भएको छ। त्यस कार्य गर्न चुनौतीको साथ आँट चाहिन्छ। तपाईंहरूले जीवनमा ३ कुरा जान्दिन, हुँदैन, सक्दिन कहिल्यै भन्नु हुन्न। विश्व भरीमा मानिसहरूले एक अर्काको भाषा बुझ्दैन, तर संगीत बुझ्छ।संगीत सुसमाचार माध्यम बनोस्। गीत,संगीत मनोरञ्जन मात्र नभई समाज रूपान्तरण र आफू रूपान्तरण बनाउन आवश्यक छ।

पत्रकार होमराज राई कार्यक्रम आशिषमय आत्मिक लाभ बनोस्।समाजको एकता कायम राख्न यसले मुख्य भूमिका निर्वाह गरोस्। कार्यक्रम सफल बनाउन प्रार्थना र परामर्शको खाँचो रहेको बताउनु भयो।संगीत भनेको औषधी हो, युवा औषधी बनुन, मानिसहरूको आत्मिक र शारीरिक औषधी बनोस्।

उक्त कार्यक्रममा झापा जिल्ला ईसाई समाजमा आबद्ध नगर ईसाई समाज, ईलाका समाजका अध्यक्ष तथा सचिव, जवान समाजका अध्यक्ष र सचिव, झापा जिल्ला महिला ईसाई समाज, पत्रकारहरु तथा ईसाई समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

जैतुन छाँयाको दर्शन

जनजीवन अस्त–व्यस्त छ, द्रूत गतिमा काम सञ्चालित छ, मानिसको आत्मिक जीवन सुख्खा र उथलपुथल हुँदैजाँदैछ । यस समयमा हामी धाँदोमा उभिन चाहन्छौं । सल्लाहकार पास्टर जोएल भुजेलले जैतून छाँयाको दर्शन बारे प्रष्ट पार्नु भएको थियो। हामी आराधना र सुसमाचारिय संगीत, स्तुतीगानको उत्कृष्ट प्रस्तुतीद्धारा नेपालको बिभिन्न सहरमा बसोबास गर्दै साथै विश्वभरि नेपाली भाषा बोल्ने समुदायमा, कामले दबिएका, सहरको द्रूत गतिमा, बेचैन, व्यस्त जीवनहरू जीइ राख्नु भएका छन्, उहाँहरूलाई आराधना र ख्रीष्टको सेवामा नवीकरण गराउनका साथै हराएका आत्माहरूलाई पनि ख्रीष्टमा ल्याउन अस्तित्वमा छौं ।

किन गर्न लागि रहेका छौं

यस जैतुन छाँयाले मान्छेलाई मनोरञ्जन मात्र होइन, मान्छेलाई हुर्काउनमा सहायता गरिरहेको छ । आजको दिनमा हामीले समात्न सक्यौं भने हामीहरु नयाँ कुरामा अगाडि बढ्न सक्छौं । यूहन्नाको समयदेखी एउटा यस्तो प्रकारको आत्मिक संसारको अगाडि बढीरहेको छ, जसले समात्न सक्छ ऊ अगाडि बढ्यो । त्यसैले यो उत्कृष्ट समयको उपभोग र सदुपयोग गर्न पछि नपर्नका लागि समातेका छौं ।

बिर्तामोड नगर ईसाई समाज जवान संगती अध्यक्ष गायस शेर्पाले स्वागत गरेको कार्यक्रमको अन्त्यमा झापा जिल्ला ईसाई समाजको पूर्व अध्यक्ष पास्टर तारा तामाङ्गको अन्तिमको प्रार्थनाद्वारा सम्पन्न भएको सचिव डेभिड खवासले जानकारी गराए।

आयोजकले (जैतुन छाया कन्सर्ट सिजन–३ एपिसोड–२) कन्सर्टको टिकट प्री सेल रु.४०० आउटडोर रु.५०० स्पेशल रु.१००० शुल्क तोकेको छ।

  https://www.youtube.com/watch?v=58euP4dsPDg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...