Skip to main content

नयाँ तृष्णा

प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ४७ विद्यालयलाई पछि पार्दै विराटनगरको एभरेष्ट प्रथम

[adsforwp id="2511"]

७ भाद्र २०८३, आईतवार,

विराटनगर / विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ ।

प्याब्सन मोरङद्वारा आज विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।

गत वर्ष पनि सोही प्रतियोगिताको विजेता बनेको एभरेष्टले यस पटक उपाधिसहित नगद १५ हजार रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विराटनगरकै दिल्ली पब्लिक स्कुल (डिपिएस) द्वितीय भएको छ । डिपिएसले नगद १० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

त्यसैगरी, सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तृतीय घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा सुन्दरहरैंचाकै बालसदन एकेडेमी र रंगेलीको मिनिल्याण्ड स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको प्याब्सन मोरङले जनाएको छ ।

मोरङका १७ वटा स्थानीय तहबाट छनौट भएका ४८ विद्यालयका विद्यार्थीहरू जिल्ला स्तरीय प्रतिस्पर्धामा सहभागी भएका थिए । प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार सहभागी विद्यालयलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो, जसमध्येबाट उत्कृष्ट १२ विद्यार्थी फाइनलका लागि छनौट भएका थिए ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशकी सामाजिक विकास मन्त्री गीता तिम्सिनाले गरेकी थिइन् । सो अवसरमा बोल्दै मन्त्री तिम्सिनाले दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले शिक्षा क्षेत्रको नीतिगत तथा व्यावहारिक विकासका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीले यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउन र आत्मविश्वास बढाउन ठूलो सहयोग पुग्ने धारणा राखे ।

विजेता विद्यार्थीहरूलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, कोशी प्रदेश कोषाध्यक्ष प्रेमाल सिंह सुवाल, शिक्षा समन्वय एकाइ मोरङका प्रमुख शालिग्राम दाहाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायक स्पेलिङ मास्टरका रूपमा बासु दाहाल, अनुजा अग्रवाल र दर्पणा शर्मा रहेका थिए भने कार्यक्रमको संयोजन रमेश मिश्रले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...