Skip to main content

नयाँ तृष्णा

मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहसँग समन्वयात्मक बैठक सम्पन्न

[adsforwp id="2511"]

 

काँकरभिट्टा । झापाको मेचीनगर काँकरभिट्टामा मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरोकारवालासँग समन्वयात्मक बैठक सम्पन्न भएको छ।

‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान’ अन्तर्गत आफन्त नेपाल, काँकरभिट्टा झापाको आयोजनामा तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नयाँ बानेश्वर काठमाडौंको सौजन्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम मेचीनगर–६ स्थित घारी रेस्टुरेन्टको सभाहलमा भएको थियो।

कार्यक्रमको सञ्चालन कञ्चना मगरले गरेकी थिइन्। आफन्त नेपालका शाखा प्रमुख तथा अध्यक्ष मात्रिका गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेचीनगर–६ का कार्यवाहक अध्यक्ष ध्रुवकुमार राई सहभागी थिए। कार्यक्रममा प्रहरी निरीक्षक कमल विष्ट, माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेलगायतले मानव बेचबिखन, लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितको संरक्षणका विषयमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी सरोकारवाला संघसंस्थाका प्रतिनिधि, सशस्त्र प्रहरी बल तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मानव बेचबिखन तथा लैङ्गिक हिंसा रोकथामका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाबीच थप प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा आफन्त नेपालले आफ्नो संस्थाको दृष्टिकोण, ध्येय तथा लक्ष्यबारे समेत जानकारी गराएको थियो। संस्थाको दृष्टिकोण मानव बेचबिखन र लैङ्गिक हिंसारहित समाज निर्माण गर्नु रहेको जनाइएको छ। त्यस्तै, सम्मानित र सकारात्मक आशापूर्ण जीवनयापन गर्न सक्षम बनाउन आवश्यक ज्ञान तथा सीप प्रदान गर्दै मानव बेचबिखनलगायत सामाजिक असमानताविरुद्ध समुदायलाई संगठित गर्ने संस्थाको ध्येय रहेको प्रस्तुत गरिएको थियो।

संस्थाले जोखिममा रहेका तथा प्रभावित महिला र किशोरीहरूको सुरक्षित उद्धार, संरक्षण, पुनर्स्थापना तथा आत्मनिर्भर, सम्मानित र स्वाभिमानी जीवन सुनिश्चित गर्ने लक्ष्य लिएको जानकारी गराइएको थियो।

कार्यक्रममा संस्थाकी कर्मचारी भरोसा खतिवडाले पछिल्लो अवधिमा आफन्त नेपालमार्फत सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिको प्रगति विवरण प्रस्तुत गरेकी थिइन्। प्रस्तुत विवरणअनुसार संस्थाले सूचना सम्प्रेषण, परामर्श सेवा, उद्धार तथा बचावट, प्रहरीको सहयोगमा घटना व्यवस्थापन, आपतकालीन आवास गृह सेवा, पारिवारिक पुनर्मिलन, सेफ होम सिफारिस, मुद्दा दर्ता तथा कानुनी सहायता र फोन फलोअपलगायतका सेवाहरू प्रदान गर्दै आएको छ।

प्रस्तुत विवरणमा सूचना सम्प्रेषणतर्फ १ हजार ४ सयभन्दा बढी, परामर्श सेवातर्फ ५ सय तथा उद्धार तथा बचावटका ४० भन्दा बढी घटनामा सहयोग गरिएको उल्लेख गरिएको थियो। त्यस्तै, आपतकालीन आवास गृह सेवा, पारिवारिक पुनर्मिलन, कानुनी सहायता तथा फोन फलोअपलगायतका सेवामार्फत जोखिममा रहेका तथा प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्‍याइएको जानकारी दिइएको थियो।

कार्यक्रममा मानव बेचबिखन तथा लैङ्गिक हिंसाबाट प्रभावित र जोखिममा रहेका व्यक्ति तथा समुदायलाई समयमै सूचना, परामर्श, उद्धार, संरक्षण तथा कानुनी सहायता उपलब्ध गराउन सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...