Skip to main content

नयाँ तृष्णा

नेपाल ल्याइयो ब्रोड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव

Advertisement

 

काठमाडौं,

पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ।

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो।

उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ।

साउन १४ मा हिमपहिरोमा परेर उनीहरू तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरूङ ‘युक्ता’, नवाङ थिन्डु शेर्पा गरेर ६ नेपाली र अन्य ४ जनाको निधन भएको थियो।

युक्ताको शव साउन २१ मा नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ।

निर्मलको परिवार बेलायतमा रहेकाले उनको लन्डनमा अन्त्येष्टि हुनेछ। नवाङको शव भने भौगोलिक कठिनाइका कारण संकलन हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेपाल ल्याइयो ब्रोड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव

नेपाल ल्याइयो ब्रोड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव

  काठमाडौं, पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको...

test123123

test123123
सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति

सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरक...
भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...