Skip to main content

नयाँ तृष्णा

सभामुखलाई साम्पाङले भने- कि प्रधानमन्त्रीलाई संसदमा ल्याउनुस्, कि मलाई निकाल्नुस्

Advertisement

 

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा नियमावलीअनुसार रूलिङ गरेर प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन आग्रह गरेका छन्।

यदि प्रधानमन्त्रीलाई संसदमा ल्याउन नसक्ने हो भने नियमावलीकै व्यवस्था प्रयोग गरेर आफूलाई संसदबाट निकाल्न उनको आग्रह छ। आज प्रतिनिधि सभा बैठक सुरू भएलगत्तै उनले उठेर पर्चा देखाएका थिए।

पछि सभामुख डिपी अर्यालले उनलाई बोल्न समय दिए।

साम्पाङले प्रतिनिधि सभा नियमावली १५ को २ अनुसार प्रधानमन्त्रीलाई संसद आउन रूलिङ गर्नुपर्ने माग गरे। यदि रूलिङ नगर्ने हो भने नियमावलीकै ३१ को १ लागू गरेर आफूलाई सदनबाट बाहिर निकाल्ने आदेश दिनुपर्ने उनको माग थियो।

‘सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेर ल्याउन सक्नु भएको छैन। नियमावलीको १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जबाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने ३१ को १ लागू गरेर मलाई यो सदनबाट निस्कासन गरेर यो सदनको गरिमा बढाइदिनू। निस्कासनको आदेश दिनुपर्‍यो,’ उनले भने।

सभामुख अर्यालले यस विषयमा हिजो पनि आफूले सदनमा जानकारी गराएको बताएका थिए।

‘संविधान, नियमावली र अभ्यास हेर्दा हलबाट सभामुखलाई रूलिङ गर्न निर्देशन दिने अभ्यास छ जस्तो लाग्दैन,’ सभामुखको भनाइ छ, ‘सभामुखले उचित ठानेमा त्यसको निर्णय लिने सभामुखको जिम्मेवारी होला।’

साम्पाङले नियमावली ३१ को १ लागू गर्न नसक्ने हो भने आफै सदनबाट निस्केर जाने भन्दै बैठक कक्षबाट बाहिर निस्केका छन्। ‘सभामुखले मलाई र प्रधानमन्त्रीलाई रूलिङ गर्न नसक्ने हो भने हार्दिक शुभकामना छ, म निस्किएँ है त,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...