Skip to main content

नयाँ तृष्णा

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध

Advertisement

काठमाडौं : सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले तीव्र विरोध गर्दै उनको राजीनामा माग गरेका छन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्नेमा उनी नआएपछि संसद्मा हंगामा भएको हो।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो।

तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन लागेपछि विपक्षी सांसदहरूले नियमापत्ति जनाउँदै बैठक अवरुद्ध पारेका हुन्। विपक्षीले प्रधानमन्त्रीले संसद्को मानमर्दन गरेको र गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

प्रधानमन्त्री अनुपस्थित भएको विरोधमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले प्रधानमन्त्री नआएसम्म बैठकमा सहभागी नहुने भन्दै हलबाट बाहिरिएका हुन्।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने र सांसदहरूले उठाएका प्रश्नको सरकारका तर्फबाट सम्बोधन गर्ने कार्यसूची छ।

प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्रीलाई सुम्पिएपछि विपक्षी दलहरू आक्रोशित भएका हुन्। उनीहरूले अहिले संसद्मा प्रधानमन्त्रीको खोजी गर्दै विरोध र नाराबाजी गरिरहेका छन्, जसका कारण सदनको कारबाही प्रभावित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेपाल ल्याइयो ब्रोड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव

नेपाल ल्याइयो ब्रोड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव

  काठमाडौं, पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको...

test123123

test123123
सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति

सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरक...
भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...