Skip to main content

नयाँ तृष्णा

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध

[adsforwp id="2511"]

काठमाडौं : सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले तीव्र विरोध गर्दै उनको राजीनामा माग गरेका छन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्नेमा उनी नआएपछि संसद्मा हंगामा भएको हो।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो।

तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन लागेपछि विपक्षी सांसदहरूले नियमापत्ति जनाउँदै बैठक अवरुद्ध पारेका हुन्। विपक्षीले प्रधानमन्त्रीले संसद्को मानमर्दन गरेको र गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

प्रधानमन्त्री अनुपस्थित भएको विरोधमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले प्रधानमन्त्री नआएसम्म बैठकमा सहभागी नहुने भन्दै हलबाट बाहिरिएका हुन्।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने र सांसदहरूले उठाएका प्रश्नको सरकारका तर्फबाट सम्बोधन गर्ने कार्यसूची छ।

प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्रीलाई सुम्पिएपछि विपक्षी दलहरू आक्रोशित भएका हुन्। उनीहरूले अहिले संसद्मा प्रधानमन्त्रीको खोजी गर्दै विरोध र नाराबाजी गरिरहेका छन्, जसका कारण सदनको कारबाही प्रभावित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...