Skip to main content

नयाँ तृष्णा

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा प्रसाई विजयी

Advertisement

मेचीनगर । मेची उद्योग वाणिज्य संघ को अध्यक्षमा खेमराज प्रसाई विजयी हुनुभएको छ। धुलाबारीमा सम्पन्न मतगणनाअनुसार प्रसाईले ७७३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर क्षेत्री ले ७३३ मत प्राप्त गर्नुभयो।

वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का ७५२ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी भूमी पौडेल ले ७४५ मत प्राप्त गर्नुभयो।

उद्योग उपाध्यक्षमा हरिप्रसाद कोईराला ७९५ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी भीमबहादुर कुँवर ले ६४२ मत प्राप्त गर्नुभयो।

वाणिज्य उपाध्यक्षमा सन्तोष खवास ८०७ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी नरबहादुर थापा ले ६२१ मत प्राप्त गर्नुभयो।

महिला उपाध्यक्षमा उषा श्रेष्ठ ७८० मतसहित विजयी हुनुभयो भने सुन्दरीकुमारी श्रेष्ठ ले ६५५ मत प्राप्त गर्नुभयो।

महासचिवमा ध्रुव कनाल ७२४ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी दिनेश शाक्य ले ७२० मत प्राप्त गर्नुभयो।

महिला सदस्यतर्फ चम्पा नेम्वाङकल्पना प्रसाई विजयी हुनुभएको छ।

खुला सदस्यतर्फ अर्जुन तिवारी, आशिस संग्रौला, तारा श्रेष्ठ, राजेशकुमार बंशल, जयकुमार श्राफ, सचिन निरौला, खिरोज बराल तथा दिनेश पोखरेल विजयी हुनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...