Skip to main content

नयाँ तृष्णा

हराएका बालक रोहन थारुको सुरक्षित उद्धार, भारतबाट नेपाल ल्याई परिवारसँग पुनर्मिलन

Advertisement

मेचीनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर निवासी १६ वर्षीय सोहन उर्फ रोहन थारु हराएपछि भारतमा फेला परेका थिए। उनलाई भारतको कोलकातास्थित “सिनी कलकत्ता होम”मा संरक्षणमा राखि काँकरभिट्टामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा खटिएका संस्था नव अभियान नेपालको समन्वयमा उनको पहिचान र उद्धार प्रक्रिया अगाडि बढाइएको थियो।

बालकको उद्धारका लागि नव अभियान नेपाल र कोलकातास्थित नेपाली दूतावासले संयुक्त पहल गर्दै उनलाई सुरक्षित रूपमा नेपाल ल्याएका हुन्। काँकरभिट्टा नाकामार्फत नेपाल भित्र्याइएका रोहनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ।

बुबा सन्तोष थारुका छोरा रोहन सुरक्षित रूपमा घर फर्किएपछि परिवारमा खुशी छाएको छ। परिवारले उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण निकायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

यस सम्बन्धमा संस्थाकी कर्मचारी निशा राईले नयाँ तृष्णा डटकमलाई जानकारी दिँदै बालकको उद्धार तथा पुनर्मिलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...