Skip to main content

नयाँ तृष्णा

इरानका सर्वोच्च नेता  खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

Advertisement

काठमाडौँ, १७ फागुन  – इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनमा ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाइएको छ। यसअघि अमेरिकी राष्ट्रपतिले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यतिबेला इरानबाट औपचारिक पुष्टि भएको थिएन।

इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार सँगको कुराकानीमा सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको बताएका थिए। तर पछि इरान राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै खामेनीको निधन भएको र ४० दिन शोक मनाइने घोषणा गरेको जानकारी दिएको BBCले जनाएको छ।

यसैबीच अलजजिराका  अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि खामेनी शनिबार बिहान सबेरै मारिएको जनाएको छ। समाचारमा उनी आफ्नो कार्यालयमा जिम्मेवारी निर्वाह गरिरहेकै बेला आक्रमणमा परेको उल्लेख छ। फार्सका अनुसार सरकारले ४० दिन राष्ट्रिय शोकका साथै सात दिन सार्वजनिक बिदा घोषणा गरेको छ। इरानकै तस्निम न्युज एजेन्सीले समेत खामेनीको मृत्यु पुष्टि गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...