नयाँ तृष्णा

मेचीनगरमा कांग्रेस उम्मेद्वार केशवराज पाण्डेको आत्मविश्वासः “झापा–१ मा अत्याधिक मतका साथ विजयी हुन्छु”

Advertisement

मेचीनगर । नेपाली कांग्रेसका झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार केशवराज पाण्डेले आगामी निर्वाचनमा अत्याधिक मतका साथ विजयी हुने दावी गरेका छन् । धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो निर्वाचनको नतिजा स्मरण गराउँदै आफू जनमतको स्पष्ट समर्थनसहित अगाडि बढिरहेको बताए ।

पत्रकारहरूले सम्भावित चुनावी परिणामबारे सोधेको प्रश्नको जवाफ दिँदै पाण्डेले भने, “अघिल्लो निर्वाचनमा विश्वप्रकाश शर्मा ले यही क्षेत्रबाट करिब १५ हजार मतको भारी अग्रतासहित विजय हासिल गर्नुभएको थियो । म त्यति नै मत ल्याउँछु भन्दिनँ, तर अत्याधिक मतका साथ जित्ने कुरामा पूर्ण रूपमा ढुक्क छु ।”

‘रैथाने र विकासप्रेमी उम्मेद्वार’को दाबी आफूलाई रैथाने, विकासप्रेमी तथा जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उम्मेद्वारका रूपमा प्रस्तुत गर्दै पाण्डेले विगत ३७ वर्षदेखि सोही भूगोलमा सामाजिक सेवामा सक्रिय रहेको उल्लेख गरे । उनका अनुसार लामो समयदेखि शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक अभियानमा संलग्न रहँदै आएको अनुभवले चुनावी प्रतिस्पर्धामा आफूलाई थप मजबुत बनाएको छ ।

“म यस क्षेत्रमा जन्मिएको, हुर्किएको र यहीँका जनतासँग सुखदुःख बाँड्दै आएको व्यक्ति हुँ,” उनले भने, “सच्चिएको कांग्रेसको नयाँ छवि, ऊर्जा र स्पष्ट विकास दृष्टिकोणसहित मतदातामाझ आएको छु । जनताले मेरो काम देख्नुभएको छ, त्यसैले विश्वास र आशीर्वाद प्राप्त भइसकेको छ ।”

विकास प्राथमिकता र प्रतिबद्धता पाण्डेले झापा–१ को समग्र विकासका लागि दीर्घकालीन योजना बनाएको बताए । उनका अनुसार कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विस्तार, युवा सशक्तीकरण र सुशासनलाई प्राथमिकतामा राखिनेछ ।

“निर्वाचन जितेर केवल पद धारण गर्नु मेरो लक्ष्य होइन,” उनले भने, “जनताको भरोसा र अपेक्षाअनुसार इमान्दार र उत्तरदायी भएर काम गर्नु नै मेरो मुख्य उद्देश्य हो ।”
संगठनात्मक एकता र जनलहर उनले पार्टीभित्र एकता सुदृढ रहेको र कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेको दाबी गरे । स्थानीय तहदेखि क्षेत्रीय स्तरसम्म पार्टी संगठन सक्रिय रहेको उल्लेख गर्दै पाण्डेले जनतामा सकारात्मक माहोल देखिएको दाबी गरे ।

पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीहरूको जिज्ञासामा उनले चुनावी प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको हिस्सा मान्दै स्वस्थ प्रतिस्पर्धाबाट आफू पछि नहट्ने स्पष्ट पारे ।

“म जनताको बीचमा छु, जनताकै साथमा छु,” उनले अन्त्यमा भने, “झापा–१ का मतदाताले यसपटक स्पष्ट र अत्याधिक मतका साथ विजय दिलाउनुहुनेमा म विश्वस्त छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअ...
जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइ...
गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाखको शेयर, कहाँ कति ?

२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्...