Skip to main content

नयाँ तृष्णा

ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन

Advertisement
काठमाडौं, साउन १८ । महिला कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई सडनडेथ पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लगातार पाँचौं पटक उपाधि जितेको छ। आइतबार राति इक्वेडरको रोड्रिगो पाज डेल्गाडो रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म ४–४ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यससँगै ब्राजिलले प्रतियोगिताको इतिहासमा कुल नौ पटक उपाधि जित्न सफल भएको छ। कोलम्बियाका लागि भने यो चौथो पटक फाइनलमा ब्राजिलसँगै पराजित हुने लज्जास्पद इतिहास दोहोरिएको छ। यसअघि २०१०, २०१४ र २०२२ को संस्करणमा पनि कोलम्बिया ब्राजिलसँगै फाइनलमा हार्दै उपविजेतामा सीमित रहनुपरेको थियो।

तेस्रो स्थानमा अर्जेन्टिना

तेस्रो स्थानका लागि शनिबार बिहान भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो। अर्जेन्टिनाको यो लगातार तेस्रो पटक तेस्रो स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गर्ने हो ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...