Skip to main content

नयाँ तृष्णा

ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन

[adsforwp id="2511"]
काठमाडौं, साउन १८ । महिला कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई सडनडेथ पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लगातार पाँचौं पटक उपाधि जितेको छ। आइतबार राति इक्वेडरको रोड्रिगो पाज डेल्गाडो रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म ४–४ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यससँगै ब्राजिलले प्रतियोगिताको इतिहासमा कुल नौ पटक उपाधि जित्न सफल भएको छ। कोलम्बियाका लागि भने यो चौथो पटक फाइनलमा ब्राजिलसँगै पराजित हुने लज्जास्पद इतिहास दोहोरिएको छ। यसअघि २०१०, २०१४ र २०२२ को संस्करणमा पनि कोलम्बिया ब्राजिलसँगै फाइनलमा हार्दै उपविजेतामा सीमित रहनुपरेको थियो।

तेस्रो स्थानमा अर्जेन्टिना

तेस्रो स्थानका लागि शनिबार बिहान भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो। अर्जेन्टिनाको यो लगातार तेस्रो पटक तेस्रो स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गर्ने हो ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...
काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टा, झापा ​झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टामा श्रम संस्कृति पार्टीको वडा कार्यालय भवन निर्माण कार्...
विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

 काठमाडौँ , नेपाल यू-१९ महिला क्रिकेट टोली आगामी आईसीसी महिला यू-१९ टी-२० विश्वकप तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय...