नयाँ तृष्णा

बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

Advertisement

झापा । बिश्वव्यापी प्रार्थना घरले आफ्नो छैटौं वार्षिक उत्सव झापाको शिवसताक्षी ११ झिलझिलमा एक भव्य समारोहका साथ सम्पन्न गरेको छ।

कार्यक्रममा झापा जिल्ला इसाई समाज महिला समितिका अध्यक्ष ममता रेग्मीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो, जसले बिश्वव्यापी प्रार्थना घरले आत्मिक एकताको सन्देश र निरन्तर प्रार्थनाले बिश्व रुपान्तरण भएको औंल्याए।

कार्यक्रमका संयोजक निरु साम्सोहाङ्गले बिश्वव्यापी प्रार्थना घरलेको स्थापना, उद्देश्य र हालसम्मका गतिविधिबारे संक्षिप्त जानकारी गराइन्। यस प्रार्थना घरद्धारा १० वटा देशबाट जाडिएको र अझ अन्य देशहरुपनि जोडिने साम्सोहाङ्गको भनाइ थियो । उनले बिश्वव्यापी प्रार्थना घरले गरेको विविध आत्मिककार्य र भावी योजना पनि प्रस्तुत गरेकी थिइन्।

प्रमुख वक्ता दार्जिलिङ्गबाट एलवी सुब्बाले बिश्वव्यापी प्रार्थना घरले बिश्वको इसाईहरुको प्रार्थनाको घर भएकाले आत्मिक दिगो विकास, एकता, प्रेम अझ बिश्वभर फैलिएर जानु पर्ने र उच्च सहभागिताको आवश्यकता रहेको बताए।

अन्य वक्ताहरूमा कोरियाका नेपाली ज्वाइ जोसेप “मेरोपछि लाग” मत्ती एक कर उठाउने व्यक्ति थिए, येशूले मेरो पछि लाग भन्ने बितिकै सम्पूर्ण धनदौलत छोडेर उहाँको पछि लागे त्यसरीनै आज हामी पैसाको पछि होइन तर येशूको पछि लाग्नुपर्ने उनको धारणा थियो ।

त्यसैगरी सिक्किमबाट अविदान सुब्बाले मण्डलीमा पञ्चदलिय सेवकाई आजको आवश्यकतामाथि प्रकाश पारेका थिए । पञ्चदलिय सेवकाइ मण्लीम छभने त्यो मण्डली स्वास्थ रहन्छ र आफुनो वोलावट कुन हो भन्ने स्पष्ट हुनपर्दछ । जसले मण्डलीमा आत्मिक सेवाको प्रभाव, जिम्मेवारी र यस प्रकारको सेवाद्वारा आत्मिक परिवर्तन सम्भव हुने विचार राखे।

समारोहमा देशविदेशमा रहेका प्रार्थना घरका सदस्य, शुभेच्छुक, प्रतिनिधि तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नृत्य कार्यक्रम, अनुभव आदानप्रदान र सम्मान कार्यक्रमसमेत यस उत्सवको आकर्षण बने।

कार्यक्रमले बिश्वव्यापी प्रार्थनाको योगदानलाई पुनः स्मरण गराउनुका साथै आत्मिक तथा सामाजिक रूपान्तरणका लागि साझा प्रयासको सन्देश फैलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...