Skip to main content

नयाँ तृष्णा

बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

Advertisement

झापा । बिश्वव्यापी प्रार्थना घरले आफ्नो छैटौं वार्षिक उत्सव झापाको शिवसताक्षी ११ झिलझिलमा एक भव्य समारोहका साथ सम्पन्न गरेको छ।

कार्यक्रममा झापा जिल्ला इसाई समाज महिला समितिका अध्यक्ष ममता रेग्मीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो, जसले बिश्वव्यापी प्रार्थना घरले आत्मिक एकताको सन्देश र निरन्तर प्रार्थनाले बिश्व रुपान्तरण भएको औंल्याए।

कार्यक्रमका संयोजक निरु साम्सोहाङ्गले बिश्वव्यापी प्रार्थना घरलेको स्थापना, उद्देश्य र हालसम्मका गतिविधिबारे संक्षिप्त जानकारी गराइन्। यस प्रार्थना घरद्धारा १० वटा देशबाट जाडिएको र अझ अन्य देशहरुपनि जोडिने साम्सोहाङ्गको भनाइ थियो । उनले बिश्वव्यापी प्रार्थना घरले गरेको विविध आत्मिककार्य र भावी योजना पनि प्रस्तुत गरेकी थिइन्।

प्रमुख वक्ता दार्जिलिङ्गबाट एलवी सुब्बाले बिश्वव्यापी प्रार्थना घरले बिश्वको इसाईहरुको प्रार्थनाको घर भएकाले आत्मिक दिगो विकास, एकता, प्रेम अझ बिश्वभर फैलिएर जानु पर्ने र उच्च सहभागिताको आवश्यकता रहेको बताए।

अन्य वक्ताहरूमा कोरियाका नेपाली ज्वाइ जोसेप “मेरोपछि लाग” मत्ती एक कर उठाउने व्यक्ति थिए, येशूले मेरो पछि लाग भन्ने बितिकै सम्पूर्ण धनदौलत छोडेर उहाँको पछि लागे त्यसरीनै आज हामी पैसाको पछि होइन तर येशूको पछि लाग्नुपर्ने उनको धारणा थियो ।

त्यसैगरी सिक्किमबाट अविदान सुब्बाले मण्डलीमा पञ्चदलिय सेवकाई आजको आवश्यकतामाथि प्रकाश पारेका थिए । पञ्चदलिय सेवकाइ मण्लीम छभने त्यो मण्डली स्वास्थ रहन्छ र आफुनो वोलावट कुन हो भन्ने स्पष्ट हुनपर्दछ । जसले मण्डलीमा आत्मिक सेवाको प्रभाव, जिम्मेवारी र यस प्रकारको सेवाद्वारा आत्मिक परिवर्तन सम्भव हुने विचार राखे।

समारोहमा देशविदेशमा रहेका प्रार्थना घरका सदस्य, शुभेच्छुक, प्रतिनिधि तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नृत्य कार्यक्रम, अनुभव आदानप्रदान र सम्मान कार्यक्रमसमेत यस उत्सवको आकर्षण बने।

कार्यक्रमले बिश्वव्यापी प्रार्थनाको योगदानलाई पुनः स्मरण गराउनुका साथै आत्मिक तथा सामाजिक रूपान्तरणका लागि साझा प्रयासको सन्देश फैलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । सुनसरीका विभिन्न स्थानहरू तोकेर जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । यसअघि बिहान ७ बजेबाट ...
त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...