Skip to main content

नयाँ तृष्णा

Day: २०८३ श्रावण १२, मंगलवार

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

  काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न भोलि बिहान ८ः०० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान उक्त बैठक संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गरेको महामन्त्री आचार्यको भनाइ छ । महामन्त्री आचार्यले अत्यन्तै संवेदनशील र दुखद् घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक…
Read More
धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सरकारको अपिल

  काठमाडौँ। नेपाल सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाली समाजमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई जोगाउन सबैलाई जिम्मेवार ढंगले व्यवहार गर्न अपिल गरिएको छ। साथै, सामाजिक सद्भावमा असर पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन, उत्तेजनात्मक वा भ्रामक सूचना नफैलाउन तथा त्यस्ता सूचनाबाट प्रभावित नहुन आग्रह गरिएको छ। विज्ञप्तिअनुसार, साउन १० गते सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि पूर्वी नेपालका केही जिल्लामा देखिएको अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि…
Read More