२९ आश्विन, खोटाङ । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
२८ असोज, मेचीनगर । काँकरभिट्टाको कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा महान आज्ञा कार्यशाला गोष्टि सम्पन्न भएको छ । सोमबार अनाथ, असाहाय बाल–बालिका,एकल महिला र गरीव बालबालिकाहरुको सेवा गर्ने उद्देय र यस कार्यशालाको मुख्य थिम नै “आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर” भन्ने रहेकाले सबैले यस अर्गनाइजेसनको भिजनलाई साथ दिनुपर्ने संस्थाका निर्देशक रेभ.सिमसन तामाङ्गले बताउनु भयो । ग्लोवल अर्फन रिलिफ अर्गनाइजेसनको आयोजनामा भएको गोष्ठिमा अनाथ, असाहाय, असक्त बाल–बालिकाहरुमाभफ सेवा गर्ने उद्देश्यले नेपालमा स्थापना भएको निर्देशक तामाङ्गको भनाइ छ । कार्यक्रममा बाल–बालिका सम्बन्धि नेपालका कानूनी परामर्शदाता, बाल–मनोबैज्ञानिक तथा सामाजिक ब्यक्तित्वहरुबाट प्रशिक्षण लिएका थिए । संस्थाका निर्देशक तामाङ्गले दर्शन त्यसको कामबारे प्रस्ट्याएका थिए…