Skip to main content

नयाँ तृष्णा

हिन्दू सम्राट सेनाद्धारा सिराहाका ख्रीष्टियन धर्मगुरुमाथि कुटपिट , नागरिक संघका ध्यानाकर्षण

[adsforwp id="2511"]

९ असार २०८१, आइबार ,

झापा । सिराहाका एक चर्चमा हिन्दू सम्राट सेनाका अराजक समुहले चर्चभित्र प्रवेशगरी तोडफोड गर्नुका साथै धर्मगुरु महेश्वर प्रसाद मुखियामाथि कुटपिटसमेत गरेका छन् । असार एक गते शनिबार आराधना संगति गरिरहेको अवस्थामा एकासी चर्चभित्र प्रवेशगरी धार्मिक हिंसात्मकपूर्ण आतंकित पार्दै आफ्ना आस्थामाथि साङघातिक आक्रमणको घोर निन्दा गर्दै नेपाली ख्रीष्टयन नागरिक संघले ध्यानाकर्षण गरेको छ।

सिराहा नगरपालिका वार्ड नं १ मा रहेको सिराहा चर्चमा असार १ गतेका दिन सेवकाई गरिरहेको अवस्थामा चालिस पैतालिस जनाको समूहमा आएका हिन्दू सम्राट सेनाले पास्टर महेश्वर प्रसाद मुखियामाथि आक्रमण गरेको खबर आएपछि नेपाली ख्रीष्टियन नागरिक संघले स्थलगत निरीक्षणगरि पीडितहरुसंग भेटघाट गरेका छन् ।

नेपालको संविधान धारा २६ को उप धारा १ अनुसार धर्ममा आस्था राखने प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन,अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने धार्मिक स्वतन्त्रताको हकमाथि हिन्दु सम्राट सेनाका समुहले कानूनको बर्खिलाब गर्दै अराजकपूर्ण तरिकाले धार्मिक भवनभित्र पसेर कुटपिट गर्नुको साथै भौतिक समर्चना, बाध्यबादन गितारहरु भाचेका छन्।

उक्त कानूनी मापदण्डको मध्येनजर गर्दै संघका केन्द्रीय अध्यक्ष पास्टर हरि थापाको नेतृत्वमा सचिव रबिन राई, सह सचिव निमा तामाङ, संघका झापा जिल्ला अध्यक्ष पास्टर सिलास राई, झापा जिल्ला सदस्य दिपेन्द्र अछामी, बुद्धशान्ति अध्यक्ष तेजकुमार बराइली र उपाध्यक्ष कमल मंग्राती लगायतको टोली सिराहा १ को सिराहा मण्डलीमा हिन्दू सम्राट सेनाका समूहले गरेको घटनाको स्थलगत निरिक्षण गरेका छन् ।

पास्टर मुखियाको अनुसार, “चर्चमा संगती चलिरहेको अवस्थामा ११ बजेर बीस मिनेट जाँदा अचानक ४० र ४५ जनाको समूहआएर बादबिवाद गर्न सुरुभयो । उनले भने, हामीलाई घेराबन्दिगरी अभद्र ब्यवहार गर्दै अरु बिश्वासीहरुलाई गालीगलौज गरे, मलाई पिटे र लात समेत हाने, मेरो बृद्धा आमाको दाँत भाँचि दिए र बहिनीहरुको मुख निचोडी दिए । अबदेखि यहाँ तिमीहरु संगती गर्न नआउनु भन्दै धम्कि दिए । हिन्दू सम्राट सेनाहरु सिराहा, सर्लाही, रौतहटबाट आएको मुखियाको भनाइ थियो ।

पीडित मुखियालाई न्याय दिलाउने कार्यमा सिराहा ख्रीष्टयन समाजले उच्च भूमिका खेलिरहेको जानकारी सिराहा ख्रीष्टयन समाजका सचिव पाष्टर रोशन लामाले दिनुभयो।अन्य समाजका प्रतिनिधीहरुबाट समेत सहयोग भएको जानकारी दिनुभयो। सिडियो कार्यालय को प्राप्त जानकारी अनुसार आफूले जुनसुकै धर्म या समुदायको व्यक्ति भएतापनि कानून बमोजिम दोषीलाई कारबाही गर्ने भनी सम्बन्धित निकायलाई निर्देशन दिई शान्ति सुरक्षाको सुव्यवस्था गर्न प्रतिबद्धता जनाउनु भएको समाजका सचिव लामाले जानकारी दिएपछि थप कानूनी सहायताको लागि आवश्यकता अनुसार नेपाली ख्रीष्टियन नागरिक संघ तपाईहरुको साथमा रहेको छ भनी हौसला प्रदान गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...