Skip to main content

नयाँ तृष्णा

हिन्दू सम्राट सेनाद्धारा सिराहा चर्चका पास्टरमाथि आक्रमण, ज्यान मार्ने धम्कि (भिडियो सहित)

[adsforwp id="2511"]

असार ६, झापा । सिराहा चर्चभित्र प्रवेशगरी सेवा आराधनाकै क्रममा हिन्दू सम्राट सेनाद्धारा आक्रमण गरेको छ । सिराहा सदरमुकाममा रहेका सिराहा चर्चमा असार १ गतेका दिन सेवकाई गरिरहेको अवस्थामा चालिस पैतालिस जनाको समूहमा आएका हिन्दू सम्राट सेनाले पास्टर महेश्वर प्रसाद मुखियामाथि आक्रमण गरेका छन् ।

पास्टर मुखियाको अनुसार,–“चर्चमा संगती चलिरहेको अवस्थामा ११ बेजेर बीस मिनेट जाँदा अचानक ४० / ४५ जनाको समूहआएर बादबिवाद गर्न सुरुभयो । उनले भने, हामीलाई घेराबन्दिगरी अभद्र ब्यवहार गर्दै अरु बिश्वासीहरुलाई गालीगलौज गरे, मलाई पिटे र लात समेत हाने, मेरो बृद्धा आमाको दाँत भाँचि दिए र बहिनीहरुको मुख निचोडी दिए ।

चर्चका भौतिक सामाग्रीहरु तोडफोड गरे, पुलपीट लात्तीले हाने, टेबलहरु पछारे, गितार फुटाई दिए र अबदेखि यहाँ तिमीहरु संगती गर्न नआउनु भन्दै धम्कि दिए ।

हिन्दू सम्राट सेनाहरु सिराहा, सर्लाही, रौतहटबाट आएको मुखियाको भनाइ थियो । मलाई कुटुनेको दाईले बर्षदिन अगाडिनै अब तीनबर्षसम्म मोजमस्ती गर, आफन्तलाई भेटघाट गर म आएपछि तेरो घाँटी रेटेर मार्नेछु तेरो येशूले कसरी बचाउने रहेछ म हेर्छु भन्दै नाम बिनाको नम्बरबाट फोन आएको थियो उनले भने ।

प्रहरीले दुबैतर्फलाई प्रहरी कार्यालयमा लगेर प्रहरीले उनीहरुलाई चर्चमा गएर आक्रमण गर्नुको कारण के हो ? भनेर सोध्दा मेरो भतिजोलाई ललाइफकाई ख्रीष्टियन बनाएको कारण बताए । तर आफूहरुले उनको भतिजोलाई ख्रीष्टियन नबनाएको यो
झुठो आरोप मात्र लगाएको पास्टर मुखियाको भनाई थियो ।

प्रहरी प्रशासनबाट खासै पीडितको पक्षमा नबोलेको र दुबैतर्फ मिल्नुपर्छ भनी साधारण तरिकाले मिलियो तर पनि संगति नगर्न उनीहरुको जिद्धि नै थियो । चर्चमा भेला भएर संगति गरेमा नराम्रो हुने चेतावती दिए ।
तसर्थ परमप्रभुको आराधना गर्दा ज्यानको धम्कि र चेतावनी आएकाले आफ्नो सुरक्षाको अपिल समेत सरकारसंग गरेका छन् ।

https://www.youtube.com/watch?v=JA1D7krWwGI

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...