Skip to main content

नयाँ तृष्णा

हर्क साम्पाङको पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ र चुनाव चिन्ह ‘माटो’

[adsforwp id="2511"]

धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिइएको निवोदनमा संयोजककोरुपमा साम्पाङलाई राखिएको छ भने चुनाव चिह्न माटो रहेको उल्लेख छ ।

धरानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयरमा निवार्चित साम्पाङले पार्टी खोल्ने घोषणा गत बर्ष नै गरिसकेका थिए । केही महिनादेखि पार्टी दर्ताको कसरत भइरहेपनि प्रस्तावित नाम र चुनाव चिह्न भने गोप्य नै राखिएको थियो ।

आइतबार निर्वाचन आयोगबाट पार्टी दर्ताको निवेदन आएको सुचना बाहिरिएपछि मेयर साम्पाङले पनि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै स्वीकार गरेका छन् । उनले पार्टीको नाम श्रम सँस्कृति पार्टी राखिएको र चुनाव चिह्न माटो भएको स्पष्ट पारेका छन् । यद्यपी, चुनाव चिह्न हेरफेर हुनसक्ने पनि बताइएको छ ।

साम्पाङको पार्टी दर्ताको लागि आयोगमा निवेदन मात्र दिएको हो । आयोगमा औपचारिकरुपमा दल दर्ता र चुनाव चिह्न सुनिश्चित हुन अझै केही समय लाग्छ । विभिन्न अनलाइन मिडियाहरुको समाचारमा पार्टीको नाम फरक फरक आएपछि उनले श्रम सँस्कृति पार्टी र चुनाव चिह्न माटो भएको प्रष्टीकरण दिएका छन् ।

केही मिडियाहरुमा पार्टीको नाम राष्ट्रिय श्रम सँस्कृति पार्टी र चुनाव चिह्न माटोको ढिस्को भनेर समाचार आएको थियो । मेयर साम्पाङले प्रष्ट्याउदै भनेका छन्,‘निर्वाचन आयोगले सुचना आउट गरिहालेछ ।

पार्टीको नाम श्रम सँस्कृति पार्टी हो ! चुनाव चिह्न माटो हो ! भ्रम नर्छन या भ्रमित नहुन अनुरोध ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...