Skip to main content

नयाँ तृष्णा

स्वास्थ्य स्वयमसेविका तेजमणी मेचेलाई एक लाखसहित दिर्घ सेवा सम्मान

[adsforwp id="2511"]

असार १२ , मेचीनगर । मेचीनगर नगरपालिकाले मेचीनगर  ८ निवासी ६० वर्षीया स्वास्थ्य स्वयमसेविका तेजमणी चौधरी मेचेलाई नगद एकलाख रुपैयाँ राशीसहितको दिर्घ सेवा सम्मान गरेको छ ।

आज नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापनको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका मेचेलाई मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित दिर्घ सेवा सम्मान गरेका हुन् ।

६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयमसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी अहिले अनिवार्य अवकाश प्राप्त मेचेलाई नगदसहित खदा ओढाएर सम्मान गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८१ / ८२ को नीति तथा कार्यक्रम र बजेटमा ६० वर्ष पुगेर अनिवार्य अवकास भएका ५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलाई दिर्घ सेवा सम्मान स्वरुप नगद एकलाख रुपैयाँ दिने उल्लेख छ ।

यसअघि नगरपालिकाले १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई सम्मान गरिसकेको छ । त्यस्तै महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई निःशुल्क स्वास्थ्य बीमा समेत गरिदिने भएको छ । संघीय सरकार र नगरपालिकाको ५०÷५० प्रतिशत बजेटबाट उक्त बीमा गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव ब...