Skip to main content

नयाँ तृष्णा

स्वास्थ्य स्वयमसेविका तेजमणी मेचेलाई एक लाखसहित दिर्घ सेवा सम्मान

[adsforwp id="2511"]

असार १२ , मेचीनगर । मेचीनगर नगरपालिकाले मेचीनगर  ८ निवासी ६० वर्षीया स्वास्थ्य स्वयमसेविका तेजमणी चौधरी मेचेलाई नगद एकलाख रुपैयाँ राशीसहितको दिर्घ सेवा सम्मान गरेको छ ।

आज नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापनको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका मेचेलाई मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित दिर्घ सेवा सम्मान गरेका हुन् ।

६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयमसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी अहिले अनिवार्य अवकाश प्राप्त मेचेलाई नगदसहित खदा ओढाएर सम्मान गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८१ / ८२ को नीति तथा कार्यक्रम र बजेटमा ६० वर्ष पुगेर अनिवार्य अवकास भएका ५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलाई दिर्घ सेवा सम्मान स्वरुप नगद एकलाख रुपैयाँ दिने उल्लेख छ ।

यसअघि नगरपालिकाले १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई सम्मान गरिसकेको छ । त्यस्तै महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई निःशुल्क स्वास्थ्य बीमा समेत गरिदिने भएको छ । संघीय सरकार र नगरपालिकाको ५०÷५० प्रतिशत बजेटबाट उक्त बीमा गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...