Skip to main content

नयाँ तृष्णा

स्थिरताको नाममा अर्को जंगबहादुर चाहिएको छैन : नेपाल

[adsforwp id="2511"]
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको स्थिरताको नाममा अर्को जंगबहादुर नचाहिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने उनको भनाइ छ।

कुनै पनि लोकतान्त्रिक मुलुकमा पहिलो र दोस्रो दलले सरकार बनाउँदैनन् भनेका नेपालले सदनलाई बलियो प्रतिपक्षको अभावमा राखेर स्वेच्छाचारी गर्न खोज्ने जोखिम रहेको बताए।

‘भोलि पछुताउनु नपरोस् । नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको बहुलता भएको देशमा निर्वाचित नै किन नहोस्। एउटा व्यक्तिको स्वेच्छाचारी शासन सम्भव छैन,’ उनले भने।

उनले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने जिकिर गरे। उनले ओली र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच ‘स्वर्ग वा नर्क सँगै जाने’ भनेर दिएको वचनमाथि पनि व्यंग्य प्रहार गरे।

‘गठबन्धन तुरुन्त तोडेर अर्को सहकार्य केका लागि जरुरी थियो? त्यसमा पनि पाँच वर्ष सँगै जाने। स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने। सुन्दै आनन्द लाग्ने कुरा। आफू स्वर्गतिर लाग्यो। अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्यायो। यसरी वचन दिएको सुन्नमा आएको छ। अचानक किन गठबन्धन फेरियो ?,’ उनले भने।

उनले अघिल्लो साँझसम्म ओत लागेको गठबन्धन सरकार भोलिपल्टको मिर्मिरेअघि नै ढालेर स्थिरताको कुरा गर्नु हास्यास्पद रहेको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...