Skip to main content

नयाँ तृष्णा

सुकुम्बासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्छौँ: प्रधानमन्त्री शाह

[adsforwp id="2511"]

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिक प्रभावित हुने गरेको उल्लेख गर्दै ज्यान जोगाउनसमेत संघर्ष गर्नुपर्ने अवस्था दोहोरिँदै आएको बताए।

उनका अनुसार यो समस्या वर्षौंदेखि निरन्तर दोहोरिँदै आएको भए पनि अब यसलाई थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको छ।

प्रधानमन्त्री शाहले खोला किनारका बस्तीहरूका कारण डुबानको जोखिम मात्र नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको उल्लेख गर्दै यसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको बताएका छन्। उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले आफूले चुनावी प्रतिबद्धता तथा सरकारका प्राथमिक योजनाअनुसार सुकुम्बासी व्यवस्थापनलाई अघि बढाइने उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधान गरिने बताए।

साथै, देशभरका वास्तविक सुकुम्बासीलाई कानुनी प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव ब...