Skip to main content

नयाँ तृष्णा

सुकुम्बासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्छौँ: प्रधानमन्त्री शाह

[adsforwp id="2511"]

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिक प्रभावित हुने गरेको उल्लेख गर्दै ज्यान जोगाउनसमेत संघर्ष गर्नुपर्ने अवस्था दोहोरिँदै आएको बताए।

उनका अनुसार यो समस्या वर्षौंदेखि निरन्तर दोहोरिँदै आएको भए पनि अब यसलाई थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको छ।

प्रधानमन्त्री शाहले खोला किनारका बस्तीहरूका कारण डुबानको जोखिम मात्र नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको उल्लेख गर्दै यसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको बताएका छन्। उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले आफूले चुनावी प्रतिबद्धता तथा सरकारका प्राथमिक योजनाअनुसार सुकुम्बासी व्यवस्थापनलाई अघि बढाइने उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधान गरिने बताए।

साथै, देशभरका वास्तविक सुकुम्बासीलाई कानुनी प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...