Skip to main content

नयाँ तृष्णा

शनिवारदेखि ‘प्रथम बाहुनडाँगी च्यालेञ्ज कप’

[adsforwp id="2511"]

११ बैशाख,

मेचीनगर,  । शनिवारदेखि प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुँदैछ । बाहुनडाँगी युवा क्लबको आयोजनामा यही बैशाख १३ गतेदेखि २० गतेसम्म विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

मेचीनगर–४ स्थित सरस्वती माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल रेडहर्ष एफसी इलाम र केएफसी सिलिगुडी भारतबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गर्ने भएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न कुल ११ लाख २२ हजार खर्च र १६ लाख रुपैयाँ अनुमानित आय गर्ने सोच आयोजकको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ नगदसहित ट्रफी, मुख्य प्रायोजक र आयोजकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतियोगिताको सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि र साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रालि रहेको छ ।

प्रतियोगिताको संरक्षकमा मेचीनगर–४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुनडाँगी जेसीज, आरआरटी रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।

प्रतियोगितामा भारतको दुईसहित ८ वटा टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा रेड हर्ष एफसी इलाम, केएफसी. सिलिगुडी (भारत), धाइजन एफसी., ब्रदर्श युनाइटेड एफसी, शनिश्चरे एफसी झापा, जहदा एफसी, मोरङ, आयोजक बाहुनडाँगी युवा क्लब, रथखोला फुटबल एकाडेमी नक्सलबारी (भारत) सहभागिता जनाउने छन् ।

कार्यक्रममा विद्या विकास एकेडेमीका संस्थापक बद्री निरौला, पूर्व अध्यक्ष पोषककुमार दर्जी, आर्थिक समिति संयोजक एवम् कोषाध्यक्ष ऐश्वर्या सुवेदी, बाहुनडाँगी जेसीजका अध्यक्ष नित्यानन्द चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव निरज राईले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...