Skip to main content

नयाँ तृष्णा

व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा

[adsforwp id="2511"]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले औपचारिक रूपमा राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले अब अभियान मात्र होइन, प्रत्यक्ष राजनीतिमा प्रवेश गर्ने निर्णय लिएको जानकारी दिएका हुन्। केही समयअघि डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आफूले चलाउँदै आएको अभियानलाई विभिन्न अवरोध र दमन गरिएको भन्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता देखिएको बताए। “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा पर्छन्,” प्रसाईंले पत्रकार सम्मेलनमा भने। उनले विगतमा आफूलाई अभियानकै क्रममा थुन्ने, कोठामा ताला लगाउनेजस्ता घटनाले ठूलो प्रश्न उठाएको भन्दै त्यसपछि नै राजनीतिमा प्रवेश गर्ने निष्कर्षमा पुगेको बताए। प्रसाईंका अनुसार, नेपाललाई सुधार्ने मार्ग भनेकै सफा राजनीति भएकाले आफूले नयाँ दलमार्फत जनतासमक्ष विकल्प दिन लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...