Skip to main content

नयाँ तृष्णा

व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा

[adsforwp id="2511"]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले औपचारिक रूपमा राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले अब अभियान मात्र होइन, प्रत्यक्ष राजनीतिमा प्रवेश गर्ने निर्णय लिएको जानकारी दिएका हुन्। केही समयअघि डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आफूले चलाउँदै आएको अभियानलाई विभिन्न अवरोध र दमन गरिएको भन्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता देखिएको बताए। “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा पर्छन्,” प्रसाईंले पत्रकार सम्मेलनमा भने। उनले विगतमा आफूलाई अभियानकै क्रममा थुन्ने, कोठामा ताला लगाउनेजस्ता घटनाले ठूलो प्रश्न उठाएको भन्दै त्यसपछि नै राजनीतिमा प्रवेश गर्ने निष्कर्षमा पुगेको बताए। प्रसाईंका अनुसार, नेपाललाई सुधार्ने मार्ग भनेकै सफा राजनीति भएकाले आफूले नयाँ दलमार्फत जनतासमक्ष विकल्प दिन लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...