Skip to main content

नयाँ तृष्णा

राहत तथा उद्धारमा खटिन राष्ट्रिय अध्यक्ष पोख्रेलको अपिल

[adsforwp id="2511"]

धुलाबारी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले भारी वर्षाका कारण देशमा उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै तत्काल उद्धारमा लाग्न अपिल गरेका छन् ।

क्षेत्रीय सम्मलेनमा सहभागी हुन धुलाबारी आएका अध्यक्ष पोख्रेलले समापन समारोहलाई सम्बोधन गर्दै मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको अवस्थामा तुरुन्त राहत तथा उद्धारमा खटिन सबै शाखाहरुलाई निर्देशन दिएका हुन् ।

विगतदेखिनै सामाजिक उत्तरदायित्वमा जेसीज अग्रभागमा रहँदै आएको बताउँदै अध्यक्ष पोख्रेलले समग्र देशनै विपदमा रहेको बखत आआफ्नो क्षेत्रबाट जेसीजकर्मीहरु लागि पर्ने विश्वास ब्यक्त गरे ।

दुखेको घाउमा जेसीज जहिल्यै मह्लम बन्ने गरेको छ, उनले भने, ‘समाजमा हामीले गर्दै आएका सकारात्मक गतिविधिलाई एकपटक पुन: प्राकृतिक विपत्ति र प्रकोपतर्फ केन्दृत गर्न जरुरी देखिएको छ । म अहिल्यैबाट उद्धार र राहतमा लाग्न अपिल र आग्रह गर्दछु ।’

चारवटा क्षेत्र रहेको नेपाल जेसीजको क्षेत्र क अन्तर्गतको सम्मेलन झापाको धुलाबारीमा शुक्रबार र शनिबार सम्पन्न गर्ने जेसीजले यसअघिनै निर्णय गरेको थियो । सम्मेलनको आतिथ्यता धुलाबारी जेसीजले गरेको थियो ।

विभिन्न शाखाबाट ६ सयबढी जेसीजकर्मी सहभागी बन्ने दाबी आयोजकले गरेपनी मौसम प्रतिकुलताका कारण करिब ३५० को संख्यामा जेसीजका सदस्य सहभागी भएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...