Skip to main content

नयाँ तृष्णा

रास्वपाले टुंग्यायो समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष

[adsforwp id="2511"]

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा पठाउने सांसदहरूको नाम टुंगो लगाएको छ।

आइतबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका ५७ जना सांसदको सूची तयार गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। ती सिटमध्ये ४८ महिला र ९ पुरुष रहनेगरी नाम छनोट गरिएको प्रवक्ता झाले बताए।

पार्टीले सांसदहरूको नाम टुंगो लगाए पनि पूर्ण नामावली भने सार्वजनिक गरिसकेको छैन।

समावेशीताको आधारमा हेर्दा खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशी समुदायबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना समावेश गरिएको उनले बताए।

सचिवालयले तय गरेको ५७ जनाको नामावली आजै निर्वाचन आयोगमा बुझाइने पनि प्रवक्ता झाले जानकारी दिए। रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...