Skip to main content

नयाँ तृष्णा

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

[adsforwp id="2511"]

असार २८, काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले प्रधानमन्त्रीले तिन तिन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट गरेका हुन् ।

उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताउँदै नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए ।

लेखकले संबिधान प्रारम्भ भएको आठ बर्षभन्दा बढी समय भएको बताउँदै संबिधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको बताए । उनले अग्रमनका लागि संबिधान संशोधन गर्ने स्पष्ट गरे ।

लेखकले नेपालको राजनीतिमा कांग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दाबी गर्दै त्यसमा आशंका व्यक्त नगर्न आग्रह गरे ।

उनले संबिधान छुनै नहुने विषय नभएको उल्लेख गर्दै लेखकले संबिधानमा नै १० बर्षमा पुरावलोकन गर्ने विषय उल्लेख रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...