Skip to main content

नयाँ तृष्णा

युनाइटेड फ्रन्टको पहिलो विश्व सम्मेलन सम्पन्न

[adsforwp id="2511"]

ब्रसेल्स । फासिवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा गर्दै साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नेपालबाट सुवास जिसीलाई उपाध्यक्षमा चयन गरेको छ ।

नवनिर्वाचित सहअध्यक्ष सुवाज जि.सी.सँग अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा सम्पर्क गर्दा, ‘युनाइटेड फ्रन्टको प्रथम सम्मेलन उत्साहप्रद रूपमा सम्पन्न भएको तथा निर्वाचित नयाँ समितिको छिटै बैठक बसेर विस्तृत योजनाहरू बनाइने’ बताउनुभयो । 

विश्वका करिब ४६ देशका १२४ प्रतिनिधिसहित करिब ६५० सहभागीको उपस्थितिमा सेप्टेम्बर ३ देखि ६ (२०२३) सम्म जर्मनीमा सो सम्मेलन सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलनले नौ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

पेरूका एडिथ लुज र जर्मनीबाट मोनिका गार्टनर–एङ्गेल अध्यक्षका रूपमा निर्वाचित भएका छन् । नेपाल, पेरु र ट्युनिसियाबाट तीन जना युवाहरू सह अध्यक्षको रूपमा निर्वाचित भएका छन् । समितिमा नेपालको तर्फबाट सुवास जिसी निर्वाचित भएका हुन् । समितिमा टर्की, जर्मनी, पेरु, पश्चिमी सहारा, साइप्रस र दक्षिण अफ्रिकाका प्रतिनिधि निर्वाचित भएका छन् ।

छ ओटा मुख्य राजनैतिक सङ्कल्पलाई सर्वसम्मत रूपमा पास गर्दै “भविष्यमा संसारको कुनै पनि सङ्घर्षलाई एक्लै उभिन दिइने छैन” भन्ने प्रण गर्दै उक्त सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा भाग लिन नेकपा (मसाल) को तर्फबाट अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. श्रीधर गौतमसहितका प्रतिनिधिहरू जर्मन जानुभएको थियो ।

युनाइटेड फ्रन्टले विश्व सम्मेलनलाई विश्व साम्राज्यवाद विरुद्धको विजयी अभियानको रूपमा औँल्याएको छ । साम्राज्यवादीहरूले सम्मेलनलाई असफल बनाउन प्रयत्न गरे पनि भव्य रूपमा सम्पन्न भएको थियो । त्यस क्रममा विभिन्न १८ देशका ३० भन्दा बढी सहभागीका भिसा अस्वीकार गरिएको थियो । यसलाई फ्रन्टले साम्राज्यवादीहरूको “मूल्यमा आधारित परराष्ट्र नीति” ले प्रतिक्रियावादीको मूल्यको संरक्षण गरेको भनेर विरोध गरेको छ ।

सम्मेलनले विधानसँग सम्बन्धित १०० भन्दा बढी प्रस्तावको गहन छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेको छ । अहिले युनाइटेड फ्रन्टलाई “फासिवाद, युद्ध र वातावरणीय विनाश विरुद्धको अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी संयुक्त मोर्चा” को नाम दिइएको छ । त्यसको छोटो नाम “युनाइटेड फ्रन्ट” (संयुक्त मोर्चा) भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...