Skip to main content

नयाँ तृष्णा

म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता

[adsforwp id="2511"]

म्यानमार ।

गत साता गएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । सिन्हवाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन् ।

प्रधानमन्त्री मिन आङ ह्लिङले यो जानकारी दिदैँ उनले बिभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार गरेका छन् ।

उनले भुकम्पको बिनाशकारी समयमा पनि सैन्य कारबाही जारी राख्ने जनाएका छन । ‘तर, केही जातीय सशस्त्र समूहहरू अझै सक्रिय रूपमा लडाइँमा संलग्न रहेका छन्,

’ ह्लिङले भने, ‘यो एक प्रकारको आक्रामकता भएको हुनाले सेनाले आवश्यक रक्षा कारबाही जारी राख्नेछ।’

भूकम्पको विनाश र मानवीय सहायता पठाउनमा विश्वव्यापी ध्यान केन्द्रित भएको बेला म्यानमारको सेनाले देशभरि प्रतिरोधी समूहहरू विरुद्ध आक्रमण जारी राखेको म्यानमार नाउको रिपोर्टमा उल्लेख गरिएको छ।

सो आक्रमणहरूप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकामा आधारित वकालत गर्ने समूह ह्युमन राइट्स वाचले भनेको छ कि म्यानमारको सैन्य सरकारले भूकम्प पीडितहरूका लागि मानवीय सहायतामा तत्काल, निर्बाध पहुँचको अनुमति दिनुपर्छ र आपतकालीन प्रतिक्रियामा बाधा पुर्‍याउने प्रतिबन्धहरू हटाउनु पर्छ।

यद्दपी, मार्च २८ मा यस क्षेत्रमा भूकम्प गएपछि पनि सेनाले प्रभावित क्षेत्रमा हवाई आक्रमण जारी राख्रदै सीमित इन्टरनेट पहुँच सुरु गरेको छ, जसले मानवीय प्रतिक्रियालाई थप जटिल बनाएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...