Skip to main content

नयाँ तृष्णा

मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै, सम्बन्धित निकायको ढिलासुस्ती

[adsforwp id="2511"]

झापा । मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै जाँदापनि सम्बन्धित निकायको ढिलासुस्ती र लापरवाहीका कारण जोखिम झन् बढ्दै गएको देखिएको स्थानीयले गुनासो गरेका छन् ।

बर्ड फ्लु नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमण पुष्टि भएलगत्तै प्रभावित क्षेत्र चार किल्ला तोकेर आवतजावत तथा पंक्षीजन्य पदार्थको ओसारपोसारमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने व्यवस्था भए पनि मोरङमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फर्ममा गत बुधबारदेखि कुखुरा मर्न सुरु भएको थियो । फर्म सञ्चालक बोधराज दाहालले कारण पत्ता लगाउन मृत कुखुरा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बुझाएका थिए । शनिबारसम्ममा करिब ३ हजार कुखुरा मरिसकेका थिए भने आइतबार बिहान मात्र बर्ड फ्लु पुष्टि भएको रिपोर्ट प्राप्त भएको बताइएको छ।

संक्रमण पुष्टि हुन करिब ४ दिन लागेको र त्यसपछि पनि नियन्त्रणका लागि आवश्यक कदम चाल्न थप समय लाग्दा उक्त क्षेत्रमा ६ दिनसम्म कुनै सुरक्षा सतर्कता अपनाइएको थिएन् । सम्बन्धित निकायको ढिलासुस्ती र लापरवाहीका कारण संक्रमण फैलने जोखिम अझ बढाएको दाहाल कृषि फर्मका सञ्चालक बोधराज दाहालले बताए।

हाल मोरङका सुन्दरहरैंचा, उर्लाबारी, कटहरी र विराटनगर क्षेत्रमा बर्ड फ्लुका कारण करिब ५५ हजार कुखुरा नष्ट गरिसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, विराटनगरले जनाएको छ । अन्य स्थानबाट पनि कुखुरा मर्ने घटनाको रिपोर्ट आउने क्रम जारी रहेको र परीक्षण भइरहेको बताइएको छ ।

पन्छीरोग विज्ञ डा. मनिष कुमार साहले मापदण्ड विपरीत कुखुरा फर्म सञ्चालन हुनु र आवश्यक जैविक सुरक्षा बायोसेक्युरिटी नअपनाइनु संक्रमण फैलिनुको मुख्य कारण भएको बताए।

नियमावली अनुसार प्रभावित क्षेत्र घोषणा गरी कडाइका साथ नियन्त्रण उपाय लागू गर्नुपर्ने भए पनि त्यसको पालना नहुँदा संक्रमण अन्य क्षेत्रमा फैलिने खतरा बढेको विज्ञहरूको चेतावनी छ । संक्रमण नियन्त्रणमा ढिलाइ, नियमावलीको कमजोर कार्यान्वयन र किसानको बढ्दो क्षतिले मोरङमा बर्ड फ्लु संकट थप गम्भीर बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...