Skip to main content

नयाँ तृष्णा

मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

[adsforwp id="2511"]

मेचीनगर ।

झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँ ३७ पैसाको अनुमानित बजेट सार्वजनिक गरेको छ।

मंगलबार सुरु भएको दोस्रो नगरसभाको सातौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ।

उपप्रमुख उप्रेतीका अनुसार बजेटले नगरवासीको जीवनस्तर उकास्ने दिगो विकासका योजनाहरूलाई प्राथमिकता दिएको छ।

बजेट विवरणअनुसार,

🔹 नगरस्तरीय योजनाका लागि ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ,
🔹 वडास्तरीय योजनाका लागि १६ करोड ५० लाख रुपैयाँ,
🔹 प्रदेश सरकारबाट सशर्त अनुदानमार्फत २ करोड ६४ लाख ८२ हजार रुपैयाँ,
🔹 संघ सरकारबाट सशर्त अनुदानमार्फत ८४ करोड ९५ लाख रुपैयाँ,
🔹 समपूरक कोषमा ६ करोड रुपैयाँ,
🔹 ऋणको सावा र व्याज भुक्तानीका लागि २५ लाख रुपैयाँ,
🔹 र अघिल्लो वर्ष बाँकी रहेको १३ करोड ७४ लाख ५१ हजार ८९९ रुपैयाँ ३७ पैसा समावेश गरिएको छ।

नगरपालिकाले बजेटमार्फत आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, सुशासन प्रवर्द्धन गर्ने र समावेशी योजनामार्फत सबै वर्ग र समुदायलाई सहभागी गराउने लक्ष्य लिएको जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...