Skip to main content

नयाँ तृष्णा

मेचीनगरमा जरा अभियान : राष्ट्रिय अपाङ्गकाे प्रथम अधिवेशन

[adsforwp id="2511"]

२७ माघ,

मेचीनगर । मेचीनगरमा तीन महिने जरा अभियान अन्तरगत नेकपा एमालेकाे जनवर्गीय संगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालकाे प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार काँकरभिट्टा स्थित एमाले नगर तथा क्षेत्रीय  पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले लक्ष्मीप्रसाद कडरियाकाे नेतृत्वमा ११ सदस्यीय राष्ट्रिय अपाङ्गकाे प्रथम नगर कमिटी गठन भएको हाे ।

कमिटीकाे उपाध्यक्षमा हरि पाेखरेल, सचिवमा करूणा पाेखरेल, सहसचिवमा डिल्लीप्रसाद पाैडेल र काेषाध्यक्षमा शुशिला गाैतम सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा पवित्रा दर्लामी, पाेरेन धिमाल, ईन्दिरा गाैतम, मञ्जिला तामाङ, सेवक तामाङ र चन्द्रकुमार ढुंगेल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अपाङ्ग संगठन नेपालका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज  सजना बराल, एमाले मेचीनगर अध्यक्ष राजु कार्की, सचिव सागर ओली लगायतले जरा अभियानलाई सशक्त बनाएर लैजान सबैलाई आग्रह गरेका थिए ।

पार्टीले सञ्चालन गरेकाे तीन महिने जरा अभियान अन्तरगत मेचीनगरमा जनवर्गीय संगठनहरूकाे भेला, वैठक, अधिवेशन लगायतका कामहरू धमाधम भइरहेकाे छ । राष्ट्रिय अपाङ्ग संगठन नेपालका अध्यक्ष राम बुढाथोकीकाे अध्यक्षतामा सम्पन्न अधिवेशनकाे स्वागत सानो कुमार लिम्वुले र सञ्चालन करुणा पोखरेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकारमाथि धरपकड गर्नेमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दो...
काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...