Skip to main content

नयाँ तृष्णा

माटोको सिमाना

[adsforwp id="2511"]

-डा. कौशिला रिसाल

कोदो गोड्दै गर्दा बाले
भन्ने गरेका दन्त्यकथा र
आमाले गाएका श्रमका गीतमा
लठ्ठ पर्दै बालवयमा
सधैँ खुसीको हिमाल बोकेर
पहाडको काँध चढी
तराई हेर्ने मेरो आँखाको मन
सुनकोसी, तामाकोसी र तमोर तरेर
मेचीको पवित्र पानीमा
आह्लादित हुनपुग्थ्यो,

कर्णालीको तुइन झुन्डिएर
पनि विस्मित थिएन,
समयको पल ।

तर
कोइलीको मधुर स्वरमा
झरनाको मिठो गीत गाउँदै
मसँगै हिँडिरहने
सगरमाथाको आकाश
मलिन लाग्छ अचेल
माछापुच्छ«ेको हेराइ
उदास देख्छु
डाँफे र मुनालको
गीतमा मुजुरको छमछमी छैन ।

उमेरको उकालोसँगै
बढ्दो रहेछ जिम्मेवारी,
देश घाइते हुँदा
सबैभन्दा बढ्ता दुख्दो रहेछ
आफ्नै मुटु,
आँखा चिम्लिँदा पनि
माटोको सिमाना
देखिरहन्छ पीडाका आकारहरूमा ।

मलाई राम्रो सम्झना छ,
मेरा भूगोल विषयका देशभक्त गुरु
र उनले पढाएको माटोको सिमाना ।

देशको नक्साभित्र बसेर
ग्रेटर नेपालको क्षेत्रफल
अर्थात्
तीन लाख चौतिस हजार
दुई सय पचास वर्ग किमी
र अर्को, सम्झन्छु
दुई लाख, चार हजार, नौ सय, सत्र वर्गकिमी
मलाई यस्तो लाग्थ्यो
कहिल्यै चोइटिँदैन
मेरो देश भूगोलबाट ।

पूर्वको सिमाना
पश्चिमको सिमाना
उत्तरको सिमाना
दक्षिणको सिमाना
दुवै हात फैलाएर
चोर औँला उठाउँदै
उनी यसरी देखाउँथे,
मानौँ, कालो पाटीमा उनले बनाएको
देशको नक्सा उनी आफैँ हुन्
म बारम्बार उनीभित्रै हराउँथेँ ।

अपसोच, आज म
युवा उमेरमा आउँदा
मेरो देशको लम्बाइ
मेरो देशको चौडाइ
कसरी हरायो मेरो देशको उचाइ ?
कहाँ छुट्यो
मेरो देशको पूर्ण क्षेत्रफल ?
देशभक्त गुरुलाई
मेरो प्रश्न
उतिबेला तपाईंको भूगोलले दिएको नक्साभित्र
कहाँ छ मेरो देशको गणित ?

गुरु !
पटक पटक फेरिरहने मेरो देशको सिमाना
एक लाख सड्चालिस हजार एक सय एकासीपछि
फेरि, नापियो कि नापिएन ?
म आज शिक्षक छु
नढाँटी भन्नुस् न गुरु !
कुन सिमाना पढाऊँ विद्यार्थीलाई ?
किन मेरो देशको मात्र
सिमानाको गणित फेरिरहन्छ ?
अर्थात् कसले निलिरहन्छ हाम्रो राष्ट्रियता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...
काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टामा २०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस, जिल्लास्तरीय भेला हुँदै

काँकरभिट्टा, २०८३ भदौ १९ गते ।‘प्रविधिको सही प्रयोग : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ २०औँ मानव ब...