Skip to main content

नयाँ तृष्णा

माई नगरपालिकामा श्रमदान अभियान सञ्चालन, १५ किलोमिटर सडक मर्मत तथा झाडी सफाइ सम्पन्न

[adsforwp id="2511"]

इलाम । श्रम संस्कृति पार्टीको पहलमा माई नगरपालिका–९ र १० जोड्ने मुख्य सडक खण्डमा शनिवार व्यापक श्रमदान अभियान सम्पन्न गरिएको छ। पार्टीका नगर अध्यक्ष बिनोद लिम्बुको नेतृत्वमा गरिएको श्रमदानमा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ता तथा युवासमुदाय गरी २५ जनाभन्दा बढीको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ।

अभियानअन्तर्गत करिब १५ किलोमिटर सडक क्षेत्रमा झाडी सफाइ, बाटो मर्मत, ढुंगा–माटो हटाउने तथा आवागमन सहज हुने प्रकारका सरसफाइ कार्य सम्पन्न गरिएको हो। लगातारको वर्षायामले सडकमा परेको असरलाई न्यूनिकरण गर्दै जनताको दैनिक आवतजावतलाई सहज बनाउन उद्देश्य राखिएको थियो।

नगर अध्यक्ष लिम्बुले सामूहिक श्रमदानले स्थानियस्तरमा विकासका कामलाई गतिशील बनाउन सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। स्थानीयले भने श्रमदानपछि सडक पूर्वाधार केही हदसम्म सुधारिएसँगै दुर्घटना जोखिम पनि कम हुने अपेक्षा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...