Skip to main content

नयाँ तृष्णा

माई नगरपालिकामा श्रमदान अभियान सञ्चालन, १५ किलोमिटर सडक मर्मत तथा झाडी सफाइ सम्पन्न

[adsforwp id="2511"]

इलाम । श्रम संस्कृति पार्टीको पहलमा माई नगरपालिका–९ र १० जोड्ने मुख्य सडक खण्डमा शनिवार व्यापक श्रमदान अभियान सम्पन्न गरिएको छ। पार्टीका नगर अध्यक्ष बिनोद लिम्बुको नेतृत्वमा गरिएको श्रमदानमा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ता तथा युवासमुदाय गरी २५ जनाभन्दा बढीको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ।

अभियानअन्तर्गत करिब १५ किलोमिटर सडक क्षेत्रमा झाडी सफाइ, बाटो मर्मत, ढुंगा–माटो हटाउने तथा आवागमन सहज हुने प्रकारका सरसफाइ कार्य सम्पन्न गरिएको हो। लगातारको वर्षायामले सडकमा परेको असरलाई न्यूनिकरण गर्दै जनताको दैनिक आवतजावतलाई सहज बनाउन उद्देश्य राखिएको थियो।

नगर अध्यक्ष लिम्बुले सामूहिक श्रमदानले स्थानियस्तरमा विकासका कामलाई गतिशील बनाउन सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। स्थानीयले भने श्रमदानपछि सडक पूर्वाधार केही हदसम्म सुधारिएसँगै दुर्घटना जोखिम पनि कम हुने अपेक्षा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...