Skip to main content

नयाँ तृष्णा

मलद्वारमा लुकाएर लागुऔषध तस्करी,झापाबाट दुइजना पक्राउ

[adsforwp id="2511"]

११ भाद्र,  भद्रपुर । लागुऔषधलाई प्लास्टिकले पोका बनाएर मलद्वारमा लुकाएर नेपाल भित्र्याइएको अवस्थामा प्रहरीले भद्रपुरबाट २ जनालाई नियन्त्रणमा लिएको छ।

लुकाइछिपाई ल्याउँदै भद्रपुरको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

भद्रपुर नगरपालिका-५ मेची पुलमा अस्थायी प्रहरी बिट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर-८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको  मलद्वारबाट १३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्य विनायक नगरपालिका -३ बस्ने २८ वर्षीय सन्दीप थापाका लागि ल्याएको बताएपछि उनलाई समेत खोजतलास गर्ने क्रममा भद्रपुर- ८ स्थित हस्पिटल मोडबाट पक्राउ गरिएको छ ।

दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...