Skip to main content

नयाँ तृष्णा

मनसुन भित्रिएसँगै डेंगुको संक्रमण विकराल बन्ने सम्भावना

[adsforwp id="2511"]

 

असार १०, काठमाडौं । यस वर्ष गर्मी बढेसँगै लामखुट्टे वृद्धि भएको र डेंगुको संक्रमण पनि बढ्दै गइरहेको अवस्थामा मनसुन भित्रिएसँगै डेंगुको संक्रमणले बिकराल रूप लिने सम्भावना बढेर गएको छ।

यसैलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेबाट जोगिन सबैलाई आह्वान गरेको छ।

लामो समयसम्म वर्षा नभएको र एकैपटक विगतमा भन्दा बढी पानी पर्नसक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेसँगै स्वास्थ्य मन्त्रालयले डेंगुले विकराल रूप लिनसक्ने जोखिम औंल्याएको हो ।

बढ्दो तापक्रम र मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्ने र सङ्क्रमितको संख्यासमेत बढ्नसक्ने मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहहरूमा वर्षात्को समयमा हुनसक्ने डेंगुलगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीहरूलाई तयारी अवस्थामा रहन र आवश्यक्ताअनुसार परिचालित हुन पत्राचार गरिसकेको छ।

संघ, प्रदेश, स्थानीय तह, मातहतका निकायहरूसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन र प्रसारण, रोगको नियन्त्रण गर्न प्रतिकार्य योजना बनाउने कामहरू पनि भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले डेंगु रोग निदानका लागि चाहिने किट, औषधोपचार र अन्य आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको बताएको छ ।

मन्त्रालयका अनुसार विगत ६ महिनामा ७२ वटा जिल्लाबाट १ हजार २ सय ४१ जना डेंगुका बिरामी फेला परेको छ। डेंगु रोगका मुख्य लक्षणहरूमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु आदि पर्दछन्।

एक्कासी उच्च ज्वरो आएमा, वान्तामा रगत देखापरेमा, नाक वा गिजाबाट रगत आएमा, पेट दुखाई असह्य भएमा, श्वासप्रश्वासमा समस्या, र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन तथा परामर्श लिन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार डेंगु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो। त्यसैले डेंगुबाट जोगिन आफ्नो घर वरिपरि तथा कार्यस्थल सफा राख्ने, पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनु आवश्यक छ।

पहिले नै डेंगु भइसकेको व्यक्तिको शरीरमा एक वर्षसम्म रोग प्रतिरोधात्मक प्रणालीले सकारात्मक काम गर्ने र एक वर्षपछि पुनः काम नगर्ने हुनाले डेंगु एक वर्ष ह्वातै बढ्ने र अर्को वर्ष घट्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...