Skip to main content

नयाँ तृष्णा

बुटवलमा बाइक पड्काउँदै हिँड्ने ११ जना कारबाहीमा

[adsforwp id="2511"]
बुटवल । सवारी साधनको आवाज र मोडल नै मोडिफाएर गरी  समाजमा ध्वनि प्रदूषण गराउनेमाथि ट्राफिक प्रहरी कार्यालय बुटवलले कारबाही अभियान चलाएको छ । मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन) गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै जारिवानाका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको कार्यलयका प्रमुख, श्यामबहादुर खत्रीले बताए । ‘चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने, सडकमा अन्य सवारीका साधनलाई समेत जोखिम हुनेगरी स्टण्टबाजी गर्ने, मोटर साइकल तथा स्कुटरको स्वरुप परिवर्तन गर्ने लगायतका गतिविधिमा संलग्नलाई कारबाही अभियान अघि बढाएका छौं ।’–प्रहरी उपरीक्षक खत्रीले भने, ‘हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरुमा आएका भिडियो तथा पोष्टहरु लगायतका आधारमा त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं ।’ इलाका प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक प्रहरी कार्यालयले विहीबार एकै दिनमा ११ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । यसैगरी यसअघि विभिन्न समयमा नियन्त्रणमा ल्याएकासहित १७ वटा मोटरसाइकललाई जरिवानासहित कारबाही प्रक्रिया अघि बढेको शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी गराइएको छ । ट्राफिक प्रहीले चालू आर्थिक वर्षमा ६१ वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर जनही १० हजारका दरले जरिवाना गरी ६ लाख १० हजार राश्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु सुधन न्यौपानेका अनुसार ट्राफिक प्रहरी कार्यालयको सिफारिसको आधारमा यातायात व्यवस्था कार्यालय बुटवलले कारबाहीमा परेका सवारीधनीबाट जरिवाना बापतको राजश्व उठाउँदै आएको छ । ट्राफिक प्रहरीले बुटवल बजारमा मोटरसाइकल स्टण्ट गरी सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका आधारमा ३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए । सडकमा गरिने स्टण्टबाजी, स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण लगायका गतिविधिले शान्ति सुरक्षामा समेत खलल पगेको भन्दैै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, विजयराज पण्डितले अभियानलाई सशक्त बनाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...