Skip to main content

नयाँ तृष्णा

बिर्ताबजारको सुधार केन्द्रमा अभिभावकमाथि निर्घात कुटपिट: घाइतेलाई बिएण्डसी मा भर्ना

[adsforwp id="2511"]

१४ भाद्र,

बिर्तामोड । झापाको बिर्तामाेड ३, बिर्ताबजार स्थित नयाँ सृष्टि प्रतिस्ठान नामक सुधारकेन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यहाका सञ्चालक र कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका छन् ।

गत बुधबारको घटनाबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

स्थानीय आकाश खड्काले सञ्चालन गरेको सुधार केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार खुदाङग र बाबुराम योङहाङ घाइते भएका हुन् । घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ ।

सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गाली गलौज गर्दै एक्कासी कुटपिट गरेको पीडितले बताएका छन् । खड्कासहित पुनस्र्थापना केन्द्रका ८,९ जना कामदार खनिएर कुटपिट गरेको उनले बताइन् । आफन्त तीनजनालाई कुटपिट गरेपछि उपचारमा आएका मदन तामाङलाई भने खड्काले घर पठाएको छ ।

खड्काले आफन्त लिन आएको समयमा तामाङ परिवारसँग सामान्य बिवाद मात्र भएको बताए । ‘ईलाका प्रहरी कार्यालयमा कुटपिटको जाहेरी हाल्नु भएको छ अरे, म अहिले ईलाका आएको छु–खड्काले भने–‘उहाँहरु उपचार गर्न जानुभएको छ भन्ने सुनेको छु, त्यो उहाँहरुको कुरा हो, बाँकी कुरा त्यहाँ रहेको सिसि क्यामेराको फुटेज हेर्दा हुन्छ । उनले कुटपिट गरेको बिषय अस्विकार गरेका छन् ।

आकाश खड्का नेपाली काँग्रेस कोशी प्रदेश सदस्य मिरा खड्काको छोरा भएकोले प्रशासनले राजनीतिक दबाबमा कार्बाही गर्न नखोजेको भन्दै आफुहरुले न्याय नपाए सडक आन्दोलनमा जाने घाइते मनकुमार खुदाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...