Skip to main content

नयाँ तृष्णा

बाढी पहिरोको घटनामा वेपत्ता भइ १० दिनसम्म फेला नपरेकालाई मृतक सरह राहत उपलब्ध गराइने

[adsforwp id="2511"]

काठमाडौँ  । सरकारले वाढीपहिरोमा परी ज्यान गुमाउने गुमाउनेहरुलाई श्रदान्जली अर्पण गर्दै तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज वसेको मन्त्रिपरिषद्को पहिलो बैठकले घटनामा वेपत्ता भइ १० दिनसम्म फेला नपरेकाहरुलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

किर्तिपुर क्रिकेट मैदानमा फगलाईट जडान तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्याराफिट निर्माण ३ सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तोकिनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्वा गुरुङले जानकारी दिनु भयो ।

मन्त्रिपरिषद् मन्त्रिपरिषद्का बिभिन्न समितहरुमा प्रकृयामा रहेका वा प्रकृयामा नलगेका सम्पूर्ण प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्प पीडितलाई दोश्रो र तेश्रो किस्ता वापतको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्य सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काम गर्दा मन्त्रालयहरु वीच समन्वय गरेर गर्न निर्देशन दिनु भएको छ ।

त्यसैगरी एक महिना भित्र आ-आफ्नो मन्त्रालयले केही फरक देखिने गरी काम गर्न र ६ महिनामा सरकारले केही गर्छ भनेर विश्वास जगाउने गरी काम गर्न निर्देशन दिनु भएको प्रवक्ता गुरुङले जानकारी दिनु भयो ।

प्रधानमन्त्रीले असफल हुने छुट नभएको भन्नुहुदै एक बर्ष भित्र सूचकांकमा देखीने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

बैठकले २०८२ साल असार मसान्तसम्म सडक बालवालीका मुक्त बनाउने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...