Skip to main content

नयाँ तृष्णा

बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४२४७ जना सम्पर्कविहीन

[adsforwp id="2511"]

काठमाडौं,

तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना, गोरखामा ६२ जना, नवलपरासी पूर्वमा २०७ जना, नवलपरासी पश्चिममा १५१ जना, तनहुँमा ३७ जना  र चितवनमा २७२ जनाको शव फेला परेको हो।

बाढीमा परी हालसम्म सम्पर्कविहीन हुनेको संख्या ४ हजार २४७ पुगेको पनि प्राधिकरणले जनाएको छ।

नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाबाट ८६५ जना, नुवाकोटका १५५८ जना सम्पर्कविहीन छन्।

त्यस्तै विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशीसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन छन्।

प्राधिकरणका अनुसार हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।

तीमध्ये नेपाली सेनाले २५२ जना विदेशी नागरिक, ३ हजार ३४४ जना नेपाली नागरिकको हवाई उद्धार भएका छन्।

आइतबार विभिन्न जलविद्युत आयोजनमा फसेका १५ जना चिनियाँ र ७ जना भारतीय नागरिकको हवाई उद्धार गरिएको छ।

सोमबार बिहान ९ बजेसम्म १७ वटा उडान भएको प्राधिकरणले जनाएको छ।

हालसम्म २६७ जना घाइते भएकाहरूमध्ये १५६ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन्।

बाढीमा परेकाहरूको खोजी कार्यका लागि २० हजार ८१९ जना परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

त्यसमध्ये नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेना ८ हजार ७२२ जना र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना परिचालन गरिएको छ।

सेतोपाटी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...