Skip to main content

नयाँ तृष्णा

फागुन २१ को निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि लागू

[adsforwp id="2511"]

१८ फाल्गुन २०८२, सोमबार,

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज सोमबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि लागू हुने मौन अवधि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहनेछ।

निर्वाचन आयोग ले जारी गरेको आचारसंहिता २०८२ अनुसार मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा भ्रातृ संगठनले कुनै पनि प्रकारको प्रचारप्रसार, सभा, जुलुस, अन्तरक्रिया वा सामाजिक सञ्जालमार्फत पक्ष–विपक्षमा सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिन पाउने छैनन्। मतदानस्थलको ३०० मिटर वरपरका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ।

मौन अवधिको उल्लंघन गरेमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अनुसार एक लाख रुपैयाँसम्म जरिवाना तथा उम्मेदवारी रद्द हुन सक्ने प्रावधान रहेको छ। शान्त र निष्पक्ष वातावरणमा मतदान गराउन मौन अवधि लागू गरिएको आयोगले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...