Skip to main content

नयाँ तृष्णा

प्रधानमन्त्री साहले कोशी प्रदेशका सांसदहरुसँग गरे क्षेत्रगत समस्याबारे छलफल

[adsforwp id="2511"]

१६ चैत्र २०८२, सोमबार,

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले नागरिकले भोग्नुपरेका समस्या, सुशासन र सेवा प्रवाहको विषयमा कोशी प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् ।

प्रदेशमा रहेका तत्कालीन र दीर्घकालीन रुपमा समाधान गर्न सक्ने समस्याको बारेमा बुझ्न प्रधानमन्त्री शाहले सोमवार सिंहदरबारमा सबै दलका सांसदहरुसँग छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले कोशी प्रदेशका सांसदहरुले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको बताए ।

उनका अनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राखेका थिए । छलफलमा सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको सांसद न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘समग्रतामा कोशी प्रदेशका सामूहिक समस्या, र प्रत्येक निर्वाचन क्षेत्रका आ-आफ्ना समस्याहरुको सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो । र उहाँले हामीलाई तत्काल समाधान गर्नुपर्ने र समाधान गर्न सकिने समस्याहरु के के हुन् ? र समस्याक समाधानको बाटो के छ ? भन्ने सन्भर्दमा उहाँले जिज्ञासा राख्नुभयो । त्यसै विषयमा केन्द्रित भएर सबै माननीयज्यूले आआफ्नो धारणा राख्ने काम भयो । उहाँले बजेटको सिमितताको कारण प्राथमिकताको आधारमा समस्याको समाधान गर्ने विचार राख्नुभयो ।’

प्रधानमन्त्रीले सिमित बजेटका कारण प्राथमिकताको आधारमा समस्या समाधान अघि बढ्ने बताएको उनको भनाइ छ । रास्वपाकै सांसद इन्दिरा रानामगरले प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचन क्षेत्रका तत्कालिन समस्याको बारेमा ब्रिफिङ लिनुभएको जानकारी गराइन् । उनले आफूले झापा–२ मा रहेको पुल निर्माण, सिंचाई तथा तटबन्ध लगायतका विकास निर्माणको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताइन् ।

उनले भनिन्, ‘पुलको समस्याको कारण विद्यार्थीले भोग्नुपरेको समस्याबारे राखेँ । अहिले कृषिमा सिंचाई लगायतको ठूलो समास्या झापामा रहेको छ । यही जानकारी गराए ।’ जवाफमा प्रधानमन्त्री शाहले स्रोतको सिमिततालाई मध्यनजर गर्दै समाधानउन्मुख हुने बताएको बताइन् ।

अनलाइन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...