Skip to main content

नयाँ तृष्णा

प्रधानमन्त्री साहले कोशी प्रदेशका सांसदहरुसँग गरे क्षेत्रगत समस्याबारे छलफल

[adsforwp id="2511"]

१६ चैत्र २०८२, सोमबार,

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले नागरिकले भोग्नुपरेका समस्या, सुशासन र सेवा प्रवाहको विषयमा कोशी प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् ।

प्रदेशमा रहेका तत्कालीन र दीर्घकालीन रुपमा समाधान गर्न सक्ने समस्याको बारेमा बुझ्न प्रधानमन्त्री शाहले सोमवार सिंहदरबारमा सबै दलका सांसदहरुसँग छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले कोशी प्रदेशका सांसदहरुले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको बताए ।

उनका अनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राखेका थिए । छलफलमा सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको सांसद न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘समग्रतामा कोशी प्रदेशका सामूहिक समस्या, र प्रत्येक निर्वाचन क्षेत्रका आ-आफ्ना समस्याहरुको सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो । र उहाँले हामीलाई तत्काल समाधान गर्नुपर्ने र समाधान गर्न सकिने समस्याहरु के के हुन् ? र समस्याक समाधानको बाटो के छ ? भन्ने सन्भर्दमा उहाँले जिज्ञासा राख्नुभयो । त्यसै विषयमा केन्द्रित भएर सबै माननीयज्यूले आआफ्नो धारणा राख्ने काम भयो । उहाँले बजेटको सिमितताको कारण प्राथमिकताको आधारमा समस्याको समाधान गर्ने विचार राख्नुभयो ।’

प्रधानमन्त्रीले सिमित बजेटका कारण प्राथमिकताको आधारमा समस्या समाधान अघि बढ्ने बताएको उनको भनाइ छ । रास्वपाकै सांसद इन्दिरा रानामगरले प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचन क्षेत्रका तत्कालिन समस्याको बारेमा ब्रिफिङ लिनुभएको जानकारी गराइन् । उनले आफूले झापा–२ मा रहेको पुल निर्माण, सिंचाई तथा तटबन्ध लगायतका विकास निर्माणको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताइन् ।

उनले भनिन्, ‘पुलको समस्याको कारण विद्यार्थीले भोग्नुपरेको समस्याबारे राखेँ । अहिले कृषिमा सिंचाई लगायतको ठूलो समास्या झापामा रहेको छ । यही जानकारी गराए ।’ जवाफमा प्रधानमन्त्री शाहले स्रोतको सिमिततालाई मध्यनजर गर्दै समाधानउन्मुख हुने बताएको बताइन् ।

अनलाइन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...
किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

किरात राई यायोक्खा झापाको अध्यक्षमा गणेशबहादुर राई पुनः निर्वाचित

बिर्तामोड । किरात राई यायोक्खा झापाको नवौँ जिल्ला अधिवेशनबाट गणेशबहादुर राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनले राईको ...