Skip to main content

नयाँ तृष्णा

प्रथम झापा कप : चर्च ब्वाइज सेमिफाइनलमा

[adsforwp id="2511"]

बिर्तामोड । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई चर्चका विदेशी खेलाडी आर्मन्डले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको थपिएको समयमा चर्चले गोल थपे । कमल श्रेष्ठको फ्रिकिक प्रहारमा अर्का विदेशी खेलाडी डिकाले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

खेलको अधिकांश समय बल नियन्त्रण गर्न सफल चर्चले गोल गर्ने थप असवर सदुपयोग गर्न सकेन । ३२ औँ मिनेटमा चर्चका समिर तामाङले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।

४७ औँ मिनेटमा विदेशी खेलाडी अबयोमीले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । खेलको अतिरिक्त समयमा सनम भुजेलले गरेको कडा प्रहार गोल बारमा लागेर फर्कियो ।

गोर्खा ब्वाइजले ६५ औँ मिनेटमा पाएको अवसर गुमायो । सुजित बुढाथोकीले प्रहार गरेको लङ रेन्जर सट बाहिरियो । ८२ औँ मिनेटमा विदेशी खेलाडी रिचार्डले गरेको प्रहार फ्रेममा पर्न सकेन । तीनजना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको गोर्खा ब्वाइजले अपेक्षित प्रदर्शन गर्न सकेन । गोर्खा ब्वाइजका अधिकांश खेलाडीले खेल अवधिभर बल कन्ट्रोल गर्न सकेनन् ।

गोर्खा ब्वाइजको स्ट्राइकिङ लाइन फितलो देखिएको थियो । खेलाडीबीच तालमेल नमिल्दा गोर्खा ब्वाइज पहिलो खेलमै पराजित भएर घर फर्किएको छ । खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजका डिका भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

बिहीबारको खेल एनआरटी क्लब काठमाडौँ र काठमााडौँको जिल्ला लिग विजेता चित्लाङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...