Skip to main content

नयाँ तृष्णा

पूर्वराजासँग दुई घण्टा ‘छलफल’पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईँ भए ‘जनकमान्डर’!

[adsforwp id="2511"]

काठमाडौं।  

‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौंको तीनकुनेमा ‘नागरिक जनविद्रोह’ घोषणा गर्ने तयारी गरिएको छ। महाअभियानमा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाबाट मानिसहरू काठमाडौं आएको दाबी गरिएको छ।

ती जिल्लाबाट प्रतिनिधिमुलक रूपमा मानिसहरू काठमाडौं आएको र उनीहरू उक्त कार्यक्रममा सहभागी हुने महाअभियानका प्रवक्ता माधव कल्पितले बताए।

प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग झन्डै दुई घण्टा लामो छलफल गरेको दाबी कल्पितले गरे। उक्त भेटपछि प्रसाईंले पत्रकार सम्मेलन आयोजना गर्दै आगामी रणनीतिबारे जानकारी गराएको दाबी कल्पितको छ।

उक्त पत्रकार सम्मेलनमा राजसंस्था पुन:स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीसहित अन्य राजावादी नेताहरू पनि सहभागी थिए।

प्रसाईँको नेतृत्वमा राष्ट्रवादी संगठन तथा राजावादी पार्टीहरूले ऐक्यवद्धता जनाउने प्रतिबद्धता जनाएको कल्पितले बताए।

सोही क्रममा प्रसाईंलाई चैत १५ गतेको ‘आन्दोलनको जनकमान्डर’ घोषणा गरिएको छ। चैत १५ गतेको कार्यक्रमलाई ऐतिहासिक बनाउन विभिन्न जिल्लाबाट राजधानी काठमाडौंमा सहभागीहरू ल्याइने तयारी छ। प्रसाईँको गृह जिल्ला झापाबाट चार वटा बसमा मानिसहरू काठमाडौं आइसकेको बताइएको छ।

उक्त दिन राजतन्त्र पुन:स्थापनाका लागि ‘नागरिक जनविद्रोह’ घोषणा गरिने छ।

‘उक्त घोषणामा राजनीतिक दलहरूलाई २४ घण्टादेखि सात दिनभित्र राजसंस्था पुन:स्थापनाको लागि निर्णय लिन अल्टिमेटम दिइने छ,’ कल्पितले भने।

यदि सो अवधिमा पूर्वराजा ज्ञानेन्द्रलाई पुन: राजगद्दीमा नबसाइए सशक्त ढंगले आन्दोलन गर्ने चेतावनी दिइएको छ।

आन्दोलनलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने योजना रहे पनि, यदि कुनै किसिमको हस्तक्षेप भएमा प्रतिक्रियात्मक क्रियाकलापसमेत हुनसक्ने प्रसाईँको महाअभियानको चेतावनी छ।

अभियानले राष्ट्रवादी नागरिक, युवापुस्ता, बेरोजगारीको चपेटामा परेका व्यक्तिहरू र राजतन्त्रवादीहरूलाई स्वतःस्फूर्त रूपमा सहभागी हुन आह्वान गरेका छन्।

राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि चैत १ गतेदेखि राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि बृहत् राष्ट्रवादी जन–आन्दोलन सुरू गरिसकेको छ।

राप्रपाको आन्दोलनसँग प्रसाईँको अभियानको मोडेलमा केही समानता देखिए पनि दुवै पक्ष फरक-फरक रणनीतिसहित अगाडि बढिरहेको देखिन्छ।

बिहीबारको पत्रकार सम्मेलनमा राप्रपा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र वर्तमान राप्रपा महामन्त्री धवलशमशेर राणासमेत उपस्थित थिए। सो पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने थिएनन्।

लिङ्देनले चैत २५ गतेबाट आफ्नै नेतृत्वमा राजसंस्था पुन:स्थापनाको आन्दोलन सुरू गर्ने मंगलबार पार्टीमा निर्णय गराएका थिए।

प्रसाईँको आन्दोलनलाई लिएर राजावादी समूहभित्र नै मतभेद देखिएको भने छ।

केही राजावादी नेताहरूले प्रसाईँको नेतृत्व स्वीकार गरेका छैनन् भने कतिपयले पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले नै यस अभियानलाई बेवास्ता गरेको दाबी गरेका छन्।

राजतन्त्र पुन:स्थापनाका पक्षधरहरूले चैत १५ गते हुने प्रदर्शनलाई निर्णायक मोड मानिरहेका छन्।

यो आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने आगामी घटनाक्रममा निर्भर गर्ने छ।

चैत १५ गते नै गणतन्त्रवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादीलगायत पार्टीले) राजधानीमा प्रदर्शन गर्दैछन्।

प्रहरी-प्रशासनले प्रसाईँ नेतृत्वको आन्दोलनको कार्यक्रम तीनकुने र गणतन्त्रवादी शक्तिको आन्दोलनलाई भृकुटीमण्डपमा सीमित गर्ने तयारीअनुसार ठूलो संख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ।

न्युज अफ नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...