Skip to main content

नयाँ तृष्णा

पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

[adsforwp id="2511"]

काठमाडौं।

पशुपति क्षेत्र विकास कोषमा करोडौं रुपैयाँको भ्रष्टाचार गरेको अभियोगमा १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका तत्कालीन सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, हाल परिषद् सदस्य राजुकुमार खत्रीलगायतलाई सार्वजनिक सम्पत्तिमा हिनामिना र दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरेको हो।

शवदाह मेशिन जडानको नाममा गरिएको परामर्श सेवा खरिदमा मिलेमतो, नक्कली कोटेशन, अनुभवविहीन कम्पनीलाई ठेक्का, अनुभव झुट्याउने कागजात, अत्यधिक लागत अनुमान, बिना जाँच भुक्तानी, र कार्य अलपत्र पारेको आरोप छ।

अख्तियारका अनुसार, ठेक्का सम्झौताको म्याद सकिएको, जमानत फिर्ता नलिइएको र मेशिनसमेत गुणस्तरीय नभएको पाइएको छ। विशेष अदालत, काठमाडौंमा दर्ता गरिएको आरोपपत्रमा करिब १० करोड ३३ लाख रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...