Skip to main content

नयाँ तृष्णा

पत्रकार हत्या बिरुद्ध महासंघ आन्दोलित बिर्तामोडमा बिरोध प्रदर्शन

[adsforwp id="2511"]

झापा । पत्रकार हत्या र सञ्चार गृहमा भएको आक्रमणको बिरोधमा नेपाल पत्रकार महासंघले झापासहित देशैभरी बिरोध प्रदर्शन गरेको छ ।

हिजो शुक्रवार काठमाडौमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा हत्या गरिएका फोटो पत्रकार सुरज रजकको हत्यारा र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै महासंघले देशैभरी बिरोध गरेको छ ।

बिरोध प्रर्दशनकै क्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले पनि झापाको बिर्तामोडमा बिरोध प्रदर्शन गरेको हो । बिर्तामोडमा भेला भएका झापाभरका पत्रकारहरुले प्रेस स्वतन्त्रको सम्मान गर, पत्रकार हत्या र सञ्चार गृह आक्रमण गर्ने लागि कडा कारवाही गर, प्रेस स्वतन्त्रता जिन्दावाद, पत्रकारको हत्यारालाई कारवाही गर, पत्रकारमाथिको आक्रमण बन्द गरलगायतका प्याले कार्डसहित नारा जुलुस गर्दै र्याली गरेका छन् ।

पत्रकारहरुको बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट शुरु भएको र्याली पश्चिम वान स्टप महल, इलाका प्रहरी कार्यालय जाने बाटो हुँदै मुक्तिचोकमा आएर कोषसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी चैत १७ गते पत्रकारले बिरोध स्वरुप कालोपट्टी बाँधेर कार्य गर्ने र चैत १८ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने बताए ।

हत्या गरिएका पत्रकार रजकले न्याय नपाउन्जेल र सञ्चारगृह आक्रमण गर्नेलाई कारवाही नभएसम्म महासंघले चरणवद्ध आन्दोलन गर्ने अध्यक्ष गिरीले बताए । मानव अधिकार सञ्जाल झापाले पनि महासंघ झापाले गरेको बिरोध प्रदर्शनमा ऐक्यवद्धतासमेत जनाएको छ ।

कोषसभामा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाँई, मोहनकाजी न्यौपाने, गणेश पोखरेल, तारामणि सापकोटालगायले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव प्रदीप परियारले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...