Skip to main content

नयाँ तृष्णा

निर्वाचनमा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

[adsforwp id="2511"]

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी र अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मतदानका दिन देशभरका १० हजार ५६७ मतदान स्थल र २३ हजार ५१५ मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो ।

आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदान गर्न आउने अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिकहरूका लागि मतदान केन्द्रमै  प्राथमिक उपचारको व्यवस्था गरिनेछ । आवश्यकता अनुसार थप उपचारका लागि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा राख्न गृह मन्त्रालयमार्फत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार भइसकेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...