Skip to main content

नयाँ तृष्णा

धान दिवसमा माओवादी केन्द्रद्वारा १२५ जना कृषकलाई फरुवा बितरण

[adsforwp id="2511"]

असार १५, मेचीनगर । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १ सय २५ कृषकलाई फरुवा बितरण गरेको छ । कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा सरकारले बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र मेचीनगरले (फरुवा) कोदालो बितरण गरेको हो ।

मेचीनगर -१४ का टंकप्रसाद/अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक १/१ थान फरुवा बितरण गरेका थिए । स्थानीय सरकार वडा कार्यालय र नगरपालिकाले बजेट बिनियोजन गर्दा कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा बेवास्ता गर्दै आएको समयमा केन्द्रले उक्त कार्यक्रम गरेको हो । कृषकले नै उब्जाएको अन्न कै भरम जीवनचर्या चलाउनुपर्ने समयमा आवश्यक औजार, मल, बीउ, बिषाधीमा प्रभावकारी बजेट बिनियोजन र कार्यान्वयन नहुँदा पछिल्लो समयमा युवा कृषि पेशाबाटै पलायन हुन थालेका छन् ।

सरकारले कृषकलाई बेवस्ता गर्दा कृषक पनि पलायन बढेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षणस्वरुप फरुवा बितरण गरेको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले बताए । अध्यक्ष राजन चिमरियाले शनिबार करिव ४३ हजार मुल्य पर्ने १ सय २५ कृषकलाई ३ चरणमा उक्त फरुवा बितरण गरेको हो । मेचीनगर-१४ का बयोबृद्दा कृषक मेचीनगर-१३ का खेमनाथ भण्डारीको हातबाट प्रत्येक वडाबाट वास्तविक कृषक छनोट गरी प्रतिवडा ५ देखि ७ वटा फरुवा बितरण गरेको हो । मेचीनगर-१४, ७ र ३ मा छुट्टाछुट्टै कार्यक्रम गरी फरुवा बितरण गरेका थिए ।

पहिलो चरणको फरुवा बितरण कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य अस्मिता कार्कीको अतिथ्यता तथा राजन चिमरियाको अध्यक्षतामा सम्पन्न भएको थियो । मेचीनगर-९, १०, ११, १२, १३, १४ र १५ वडाका अध्यक्ष सचीव तथा पदाधिकारी र कृषकहरुको सहभागिता रहेको कार्यक्रम पार्टीका जिल्ला सदस्य खगेन्द्र सिग्देलले सञ्चालन गरेका थिए ।

मेचीनगरका १,२,३,४ वडाका कृषकलाई दिउँसो १ बजे बाहुनडाँगीनजिक भृकुटीमा र वडा नम्बर ५,६,७,८ र १५ का कृषकलाई मेचीनगरको पार्टी कार्यालय इटाभट्टाबाट बितरण गरिने चिमरियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...