Skip to main content

नयाँ तृष्णा

देउवा-ओली गठबन्धनविरुद्ध माओवादी एक हुन्छ’

[adsforwp id="2511"]

२५ असार , काठमाडौँ ।  विप्लव नेतृत्व नेकपा नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहिति भएको काँग्रेस–एमालेको गठबन्धनविरुद्ध सबै माओवादीले एकभएर मुकाविला गर्ने नेताहरुले उद्घोष गरेका छन् ।

संविधान संशोधन गरेर समानुपातिक र समावेसीलगाएतका उपलब्धिको रक्षाका लागि जस्तोसुकै सङ्घर्षमा पनि जाने नेताहरुले चेतावनीसमेत दिएका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा ‘सहिद निरकुमार राईको छैटौं स्मृति दिवस’ कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य माईला लामाले निरकुमार राई जस्तैः हजारौंको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाएका छन् ।

नेकपा (माओवादी केन्द्र) तिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको तर आफूहरु क्रान्तिलाई निरन्तरताका लागि अगाडी बढेको बताउँदै भने,“जनताले चाहेको र सहिदले देखेको सपनालाई बीच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौं, अब यसलाई थप मजबुद बनाएर लड्ने हो ।” लामाले दलाल पूँजीवादी व्यवस्थाको कारण हजारौँ यूवाहरु पलायन हुनबाध्य भएको र देशलाई थप कमजोर बनाउन देउबा–ओलीको गठबन्धन भएको बताउँदै भने,“अहिले क्रान्तिकारी कमजोर भएको अवस्थामा प्रतिगामी शक्तिहरुले २०४७ तिर फार्काउने कुचेस्टा गरिरहेका छन् सबै माओवादी एक बनेर लडौं ।”

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनउने मुख्य दोषी संसदिय व्यवस्था भएको र त्यसको विकल्प खोज्नु पर्ने धारणा राखे । क्रान्तिबाट आएको माओवादी शक्ति पनि संसदिय भाषमा फेसको कराण उपलब्धिको रक्षा नभएको जिकिर गर्दै भने,“यो व्यवस्थामा प्रचण्ड,केपी या देउबा जो आएपनि सबै दूध चोर बिराला जस्तै हुन्, त्यसैले अब यो व्यवस्थाको व्यवस्थाको विकल्प खोजौं ।”

भण्डारीले काँग्रेस–एमालेको संविधान संशोधनको मुद्धाले माओवादी र उत्पीडित जनतालाई झस्काएको र प्रतिगमनतिर फर्कन लागेको बताउँदै सबै परिवर्तनमकारी शक्ति एक ठाउँमा आउनु पर्ने बताए । भण्डारीले सत्य निरुपँण तथा मेलमिलाप आयोग र वेपत्ता योद्धा छानविन  समितिलाई अलपत्र पारेर शान्तिप्रक्रियालाई तार्किक निस्कर्षमा पुर्यान चुक्नु दूर्भाग्य भएको बताए । “अब निरकुमार राई तथा हजारौँ सहिद तथा वेत्ताहरुको न्याय र जनताको हितका निम्ति सबै माओवादी र परिवर्तनकारी शिक्तिहरु एक ठाउँमा आउनुको विकल्प छैन ।” भण्डारीले बताए ।

सो पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी चिरन्जीवी ढकालले सहिद निरकुमार राईले देखेको सपना र परिवर्तनको सोचलाई हरेक क्रान्तिकारीहरुले आत्मसाथ गर्नु पर्ने धारणा राख्दै भने,“कमरेड निरकुमार सहिद हुन तयार हुनुभयो तर तानाशही सत्ता सामु झुक्नु भएन, जो हाम्रो आदर्श हो ।

जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले देश संसदिय व्यवस्थाको दलदलले क्रान्तिकारीहरुलाई जकड्याएको अवस्थामा सबैले त्यसबाट निस्कने प्रयास गर्नु पर्नेमा जोड दिए ।

सो कार्यक्रममा राजनीतिक विश्लेशक नरेन्द्रजंग पीटर, सहिद निरकुमारकी जीवन संगिनी इन्द्रकला राई,घाइते योद्धा सुरेन्द्र महर्जन,सहिद कुमार पौडेलकी दिदी,सहिद निरन्तरकी जीवन संगिनी पूर्णिमा, सहिद प्रज्वल शाहीकी बहिनी मनिषालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता काठमाडौँ जिल्ला सेक्रेटरी चिरन्जीवी ढकालले गरेका थिए भने सञ्चलन अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीले गरेका थिए ।
नेकपाका तत्कालीन भोजपुर जिल्ला इन्चार्ज निरकुमार राइको २०७६ असार ६ गते तत्कालीन केपी ओली सरकारले हत्या गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...