Skip to main content

नयाँ तृष्णा

झापा १ : ५३ हजार मत गणना सकियो, डाँगीको अग्रता कायमै

[adsforwp id="2511"]

फागुन २३ गते ,

  • मेचीनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा झापा क्षेत्र नं. १ मा ५३ हजार मत गणना भइसकेको छ । आज विहान १२ बजेसम्ममा ५३००३ मत गणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार निशा डाँगीको मतान्तर २० हजार ६ सय १३ पुगेको छ ।

डाँगीले २७७६७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका केवलराम राईले ७१५४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै नेपाली काँग्रेसका केशवराज पाण्डेले ६८१८ मत पाउनु भएको हो । नेकपा एमालेका रामचन्द्र उप्रेतीले ५३८७ र राप्रपाका हेमराज कार्कीले १०४२ मत पाउनु भएको छ ।

मंगोल नेशनल अर्गनाजेशनका सन्तोस तामाङले ८१० मत पाउँदा नेकपाका अशेष घिमिरेले ५९९ मत पाउनु भएको छ । अन्य चुनाव चिन्हहरु चिम ३४१, खुकुरी ८०, क्याप ७०, पञ्जा ६८, मादल १७, छाता १७, क्यामरा १९, घर १४ र हातले ११ मत पाएका छन ।

अहिलेसम्मको मतगणनामा २७९१ मत बदर भएको  निर्वाचन समितिको कार्यालयले जनाएको छ । फागुन २१ गते भएको निर्वाचनमा झापा १ मा ८३८२२ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...