Skip to main content

नयाँ तृष्णा

झापा १ : ५३ हजार मत गणना सकियो, डाँगीको अग्रता कायमै

[adsforwp id="2511"]

फागुन २३ गते ,

  • मेचीनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा झापा क्षेत्र नं. १ मा ५३ हजार मत गणना भइसकेको छ । आज विहान १२ बजेसम्ममा ५३००३ मत गणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार निशा डाँगीको मतान्तर २० हजार ६ सय १३ पुगेको छ ।

डाँगीले २७७६७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका केवलराम राईले ७१५४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै नेपाली काँग्रेसका केशवराज पाण्डेले ६८१८ मत पाउनु भएको हो । नेकपा एमालेका रामचन्द्र उप्रेतीले ५३८७ र राप्रपाका हेमराज कार्कीले १०४२ मत पाउनु भएको छ ।

मंगोल नेशनल अर्गनाजेशनका सन्तोस तामाङले ८१० मत पाउँदा नेकपाका अशेष घिमिरेले ५९९ मत पाउनु भएको छ । अन्य चुनाव चिन्हहरु चिम ३४१, खुकुरी ८०, क्याप ७०, पञ्जा ६८, मादल १७, छाता १७, क्यामरा १९, घर १४ र हातले ११ मत पाएका छन ।

अहिलेसम्मको मतगणनामा २७९१ मत बदर भएको  निर्वाचन समितिको कार्यालयले जनाएको छ । फागुन २१ गते भएको निर्वाचनमा झापा १ मा ८३८२२ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...