Skip to main content

नयाँ तृष्णा

झापा–१ मा उम्मेद्वारसँग प्रत्यक्ष बहस: जेसीजद्वारा ककस कार्यक्रम

[adsforwp id="2511"]

 

धुलाबारी । झापा–१ का मतदातालाई उम्मेद्वारसँग सिधा प्रश्न–उत्तर गर्ने अवसर प्रदान गर्ने उद्देश्यले नेपाल जेसीज अन्तर्गत मेचीनगर क्षेत्रका जेसीज शाखाहरूले संयुक्त रूपमा ककस (प्रत्यक्ष संवाद) कार्यक्रम आयोजना गर्ने भएका छन्।

धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, बाहुनडाँगी जेसीज र चारआली जेसीजको सहकार्यमा फागुन १२ गते धुलाबारीमा कार्यक्रम हुने जानकारी दिइएको छ। आयोजकका अनुसार झापा–१ का सबै उम्मेद्वारलाई औपचारिक निम्तो पठाइसकिएको छ र अधिकांश उम्मेद्वारले सहभागिताको प्रतिबद्धता जनाइसकेका छन्।

कार्यक्रममा मतदाताले आफ्ना जिज्ञासा र चासोका विषय प्रत्यक्ष रूपमा उम्मेद्वारसमक्ष राख्न पाउनेछन् भने उम्मेद्वारहरूले आफ्ना धारणा र योजनाबारे स्पष्ट पार्ने अवसर पाउनेछन्। यसले मतदाता र उम्मेद्वारबीच खुला संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

ककस कार्यक्रम धुलाबारीस्थित पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउन हल मा दिउँसो १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रम सञ्चालन धुलाबारी जेसीजका पूर्व अध्यक्ष केशव पोखरेलले गर्ने तय भएको छ।

पत्रकार सम्मेलनमा विभिन्न जेसीज शाखाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। मेचीनगर लेडी जेसीजका प्रतिनिधिले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए।

झापा–१ मा दुई स्वतन्त्र उम्मेद्वारसहित १५ जना प्रतिस्पर्धामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...