Skip to main content

नयाँ तृष्णा

झापा जिल्ला अदालतको प्रमुख न्यायाधीशमा उमेशप्रसाद लुइँटेल

[adsforwp id="2511"]

८ भदौं, झापा । झापा जिल्ला अदालतमा प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आएका छन्। प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको २ बर्षको कार्यकाल पूरा गरी सरूवा भएपछी प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आएका हुन् ।

आज एक कार्यक्रमका बीच प्रमुख न्यायाधीशको कार्यभार सम्माल्न आएका लुइँटेललाई झापा जिल्ला अदालतले स्वागत गरेको छ।

झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीहरु समेतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो।

अदालती कामकारवाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा अझ सुधार गरी पारदर्शी, छिटोछरितो, सरल एवं जनमैत्री सेवाप्रवाह गर्ने र अदालत प्रति जनताको जनविश्वास बढाउने अदालतको लक्ष्य रहेको प्रमुख न्यायाधीश लुइटेलले बताउनु भयो।

उहाले अदालतको रणनीतिक योजना अनुसार झापा अदालतले समेत आफ्नो लक्ष र उद्देश्य सहित कार्ययोजना बनाई लागु गरेको हुदा अब न्यायिक काम कारबाहीमा ढिलासुस्ती र पक्षपात हुने गरेको गुनासो आउन नदिने गरी काम गर्न अदालतका सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो।

न्याय सम्पादनलाई अझ प्रभावकारी बनाउन कर्मचारी वर्गले उत्कृष्ठ नतिजामुखी काम गर्नू आवश्यक छ भनी सोही कार्यक्रममा बोल्दै न्यायाधीश तेजबहादुर खड्काले बताउनु भयो।

त्यस्तैगरी, मुद्दाको संख्या बढ्दै गएको छ तरपनि अदालतको पूर्वाधार र जनशक्ति अभावका बाबजूत गुनासो नआउने गरी काम गरिने भनी अदालतका श्रेस्तेदार सिंहले बताउनु भयो।

झापा अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल ७ जना न्यायाधीश रहनु भएकोछ।

सामान्यतयः २/२ बर्षमा न्यायाधीशको सरुवा हुने गरेको र सरुवा भएर आउनु भएका अर्का न्यायाधीश महेन्द्र प्रसाद पोखरेल समेतलाई सोही कार्यक्रममा स्वागत गरिएको अदालत प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...